२०८२ चैत्र ३ गते

एक महिनामा मात्रै बैंकिङ कसुरका मुद्धामा ३७ जना पक्राउ

बैंकिङ खबर । बैंकिङ कसुरका मुद्धाहरु बढ्दै गएका छन् । बैंकिङ कसुरमा देखिएका विभिन्न उजुरीहरु अन्तरगत फर्जि चेकका घटना धेरै छन् । कतिपय बैंकिङ कसुरमा फरार भएका अभियुक्तहरु पनि पक्राउ परेका छन् । चेक अनादर केशमा भएका कसुरहरु धेरै रहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा घरजग्गाको कारोबारमा आएको मन्दीका कारण सहकारी क्षेत्र र बैंकवित्तको क्षेत्रमा बैंकिङ कसुरका घटना बढेका हुन् ।

काठमाडौंमा मात्रै एक महिनामा ३७ जना बैंकिङ कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंले दिएको जानकारी अनुसार बैकिङ कसरमा फागुन महिनामा मात्रै ३७ जना पक्राउ परेका हुनु । यस अवधिमा बैंकिङ्ग कसुरमा ३७ जना, ठगीमा ११ जना, चोरीमा १ सय ५ जना, सहकारी ठगीमा ४ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई अदालतको आदेशअनुसार विभिन्न अवधिको कैद सजाय तोकिएको छ। प्रहरीका अनुसार काठमाडौंमा एक महिनामा ६ सय ५३ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका छन्। तीमध्ये आर्थिक अपराधका मुद्धामा ३ सय ८ वटा उजुरी परेको छ । ठगी, बैंकिङ्ग कसुर, चोरी, सहकारी लगायतका अपराधमा उजुरी दिनेको संख्या धेरै छ ।