Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कालोसूचिका बारे केन्द्रीय बैंकले छिट्टै नयाँ नीति ल्याउने

admin २०८२ फाल्गुन २८ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकले कालो सूचिमा पर्ने उद्योगीका बारेमा नयाँ नीति अबलम्बन गर्ने संकेत गरेका छन् । उनले यसबारे अध्ययन भइरहेको बताए । डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन भइरहेको बताए । पर्सामा एक कार्यक्रमलाई सम्बोधन गर्दे उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरेको बताए । चेक बाउन्स हुने बित्तिकै कालोसूचीमा राख्ने विषयमा आफ्नो चासो रहेको उनको भनाई छ । चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको उल्लेख गर्दै उनले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार व्यवसाय फस्टाउँदैन भन्ने कुरा बताए । व्यापार व्यबसायलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी भएको उल्लेख गर्दै उनले व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुने बताए । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।