Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सात महिनामा भित्रियो १२.६१ खर्ब रेमिट्यान्स

२०८२ फाल्गुन २८ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको तथ्यांक अनुसार नेपालमा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

यो तथ्यांक अनुसार माघ महिनामा मात्रै रेमिट्यान्स करिब २ खर्ब रुपैयाँ भित्रिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रेमिट्यान्स ३९.८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ७.५ प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा रेमिट्यान्स १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।

अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो। यस अवधिमा विदेशबाट नेपाल भित्रिएको खुद ट्रान्सफर (दोस्रो आय) १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ थियो।

यस अवधिमा विदेशमा काम गर्न जानका लागि २ लाख ४५ हजार १५३ नेपालीले पहिलो पटक श्रम स्वीकृति (नयाँ अनुमति) लिएका छन्। त्यस्तै, २ लाख २७ हजार ४२४ जनाले श्रम स्वीकृति नवीकरण (पुनः स्वीकृति) गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा भने २ लाख ७४ हजार ६२२ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए र १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।