Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थतन्त्रका सुचाङ्क अब्बल हुँदा पनि आर्थिक सवलिकरण समस्यामा

admin २०८२ फाल्गुन २५ गते
सेयर:

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समष्टिगत आर्थिक प्रतिवेदनले अर्थतन्त्रका धेरै सूचकहरू राम्रो देखिए पनि वास्तविक आर्थिक गतिविधि अपेक्षित रूपमा बढ्न नसकेको जनाएको छ। ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि बैंकहरूबाट कर्जा विस्तार सुस्त भएकाले अर्थतन्त्रमा विरोधाभासपूर्ण अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार नेपालको अर्थतन्त्र पुनरुत्थानको क्रममा छ। आर्थिक वृद्धि सामान्य रहेको, मुद्रास्फीति नियन्त्रणमै रहेको र बाह्य क्षेत्र समग्रमा मजबुत देखिएको छ। तर सबै क्षेत्रमा समान रूपमा सुधार हुन नसकेको कारण आर्थिक सवलिकरण चुनौतीपूर्ण बनेको बताइएको छ।

पछिल्लो दशकमा २०१५ को भूकम्प, राजनीतिक पुनर्संरचना, कोभिड-१९ महामारी र हालैको ‘जेन-जी’ आन्दोलनले नेपालको आर्थिक वृद्धिमा असर पारेको प्रतिवेदनमा उल्लेख छ। अहिले अर्थतन्त्रमा सेवा क्षेत्र विस्तार भइरहे पनि कृषि र उद्योग क्षेत्रको योगदान भने घट्दो देखिएको छ।

वित्तीय क्षेत्रमा तरलता पर्याप्त भए पनि पछिल्ला दुई वर्षमा खराब कर्जा बढेको छ। यसले बैंक तथा वित्तीय संस्थामा दबाब बढाएको भए पनि हाल खराब कर्जा स्थिर हुँदै असुलीमा सुधार देखिन थालेको राष्ट्र बैंकले जनाएको छ।

बाह्य क्षेत्रका सूचकहरू बलिया देखिए पनि शोधनान्तर बचत मुख्य रूपमा विप्रेषणमा निर्भर भएकाले दीर्घकालीन रूपमा जोखिम रहन सक्ने चेतावनी दिइएको छ। साथै, सरकारको राजस्व संकलन कमजोर र पुँजीगत खर्च सुस्त हुनु अर्थतन्त्रका मुख्य चुनौतीका रूपमा देखिएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा मुद्रास्फीति करिब ४ प्रतिशत रहने र आर्थिक वृद्धि पनि करिब ४ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ। बजारमा तरलता उच्च रहने भए पनि कर्जा विस्तार भने सरकारी खर्च बढ्नु र लगानी वातावरण सुधारिनुमा निर्भर रहने बताइएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।