
बैंकिङ खबर / मुलुकमा बैंकिङ कसुर मुद्धाको संख्या बढ्दै गएको पाइएको छ । माघ महिनामा बैंकिङ कसुरका मुद्धा अन्तरगत १ हजार १७ वटा उजुरी दर्ता भएका छन् । प्रहरीका अनुसार यो महिनामा देशभरबाट कुल ४ हजार ५६१ वटा वटा विभिन्न अपराधका मुद्दा दर्ता भएका हुन् । त्यसमध्ये बैंकिङ कसुरका मुद्धाको संख्या १ हजार १७ रहेका छन् । सबै मुद्धाको संख्या हेर्दा बेंकिङ कसुर मुद्धा २२.२९ प्रतिशत हुन आउँछ । अन्य उजुरीमा चोरीका ३६८ वटा, ठगीका १६९ वटा छन्। सबैभन्दा बढी उजुरी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा दर्ता भएको बताइएको छ । काठमाडौं उपत्यकामा १ हजार ३३७ वटा उजुरी दर्ता भएका छन्र भने कर्णालीमा १५९ वटा अपराधका मुद्दा दर्ता भएका छन्।



