२०८२ फाल्गुन १२ गते

राष्ट्र बैंकद्धारा मौद्रिक नीति समीक्षा सार्बजनिक : हेर्नुहोस परिवर्तित वुँदाहरु

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्बजनिक गरेको छ । जसमा केन्द्रीय बैंकले ९ बुँदा मौद्रिक नीति समीक्षा सार्बजनिक गरेको हो । केन्द्रीय बैंकले केन्द्रीय बैंकले कृषि, ऊर्जा र लघु, घरेलु तथा साना उद्यम कर्जा विस्तारलाई प्रोत्साहन गरेको छ भने ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरूलाई यथावत् राखेको छ !

केन्द्रीय बैंकले पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगहरूलाई प्रोत्साहीत गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले त्यस्ता प्रत्येक क्षेत्रमा न्यूनतम कर्जा अनुपात कायम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरिने भएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम व्यवसायहरूमा प्रवाहित कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म पुनरसंरचना एव पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणको आधारमा स्थायी चालु पुँजीको अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले गर्ने प्राथमिक पुँजीको २५ प्रतिशतको सीमा वृद्धि गरी ३० प्रतिशत कायम गरिने छ ।

परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको कार्यान्वयन गरिने भएको छ ।

डेटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबोटिक्स ल्याब, एआई लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गरिने छ भने त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गरिने छ ।

MP-Mid-Term-Review-2082-83