२०८२ फाल्गुन १० गते

अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा नेपालको आर्थिक वृद्धिदर ३ देखि ३.५ प्रतिशत रहने प्रक्षेपण

बैंकिङ खबर / अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर ३ देखि ३ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । उसले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ देखि ३ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण गरेको हो । नेपालमा भएको जेन्जी आन्दोलन पछि आर्थिक अनिश्चितताले निजी क्षेत्रको मनोबल खस्केको उसको ठहर छ । सोही कारण लगानीको वातावरण कमजोर भएको भन्दै कोषले आर्थिक वृद्धिदर ३ देखि ३ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण गरेको हो । यसअघि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने आईएमएफको प्रक्षेपण थियो । कोषले नेपालको स्थलगत समीक्षापछि जारी विज्ञप्तिमा नेपालको वृद्धिदर घट्ने संशोधित प्रक्षेपण गरेको छ । जनवरी २०२६ मा वार्षिक मूल्यवृद्धिदर २.४ प्रतिशतमा सीमित रहेको कोषले जनाएको छ । बजार माग अपेक्षित रूपमा बढ्न नसक्दा मूल्यवृद्धिदर न्यून रहेको कोषको भनाइ छ । कोषले अहिलेको अवस्थामा नेपालले समष्टिगत आर्थिक स्थायित्व जोगाउन र नीतिगत ढाँचा सुदृढ गर्न सुधारको गतिलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको छ ।