January 7th, 2017

नेप्से कर्पोरेट बुल रेसमा नवीन अधिकारी विजयी

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले कर्पोरेट बुल रेस शनिबार सम्पन्न गरेको छ । पुँजी बजारप्रति जनचेतना जगाउने, पुँजी बजार संस्कृतिको प्रवद्र्धन गर्ने, खेलकुद विकासमा सघाउ पु¥याउने तथा संस्थागत सामाजिक दायित्वको कार्यक्रम गर्ने उद्देश्यले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको नेप्से कर्पोरेट बुल रेसमालिन्च स्टक मार्केटका प्रतिनिधि नवीन अधिकारी प्रथम भएका छन् । अधिकारीले ५ किलोमिटर दुरीको बुल रेस १६ः५५ मिनेटमा पुरा गरेका थिए । यसैगरी अनलाईन सेकुरिटिजका प्रतिनिधि कुमार घिमिरे द्वितीय र अनलाईन सेकुरिटिजकै प्रतिनिधि विष्णु विक्रम मल्ल तृतीय भएका छन् । महिलातर्फ सिभिल क्यापिटलकी प्रतिनिधि अञ्जना राई प्रथम हुनुभएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।  विजेतालाई यही पुस २९ गते हुने नेप्सेको २४ औं वार्षिकोत्सको समारोहमा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । 

नेप्से सञ्चालक समितिका अध्यक्ष रामजी रेग्मी र नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले संयुक्त रुपमा बुल रेसको उद्घाटन गरेका थिए । नेप्से, सिडिएस एन्ड क्लियरिङ लि., सूचीकृत कम्पनीहरु तथा धितोपत्र व्यवसायीका तर्फबाट १५० कम्पनीका ३७५ भन्दा बढी प्रतिनिधिमा सहभागी थिए । नेप्सेको कार्यालय भद्रकालीबाट सुरु भएको रेस सुन्धारा, न्युरोड, जमल, कान्तिपथ, केशर महल, दरबारमार्ग, घण्टाघर हुँदै नेप्सेमा आएर टुंगिएको थियो । 

‘यस्तो प्रतियोगिताले पुँजी बजार चेतना बढाउनुका साथै लगानीकर्ताको समुदायमा हार्दिकता अभिवृद्धि गर्ने अपेक्षा गरेको नेप्सेका महाप्रबन्धक थपलियाले बताए ।
    
कार्यक्रममा सहभागिता तथा सहकार्यका लागि नेप्सेले निश्चित शुल्क निर्धारण गरेको थियो । यसबाट संकलित शुल्कमा नेप्सेले आफ्ना तर्फबाट रकम थप गरी संस्थागत सामाजिक दायित्वका कार्यक्रममा खर्च गर्ने बताइएको छ । आगामी वर्षदेखि महिलातर्फ पनि छुट्टै प्रतियोगिता गरी प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गर्ने योजना नेप्सेले बनाएको छ ।