Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
ट्रेन्डिङ

औद्योगिक प्रतिष्ठानहरूको ९९.८ प्रतिशत लघु उद्यमशीलतामा आधारित : राष्ट्र बैंक

admin २०८२ पुष २९ गते
सेयर:

बैंकिङ खबर / केन्द्रीय बैंकले चिवतन र मकवानपुरमा माइक्रो, साना र मध्यम उद्यमहरूको अध्ययन रिपोर्ट सार्बजनिक गरेको छ । बैंकवित्तबाट परिचालीत यस्तो कर्जाका बारेमा केन्द्रीय बैंकले नमुना अध्ययन गरेको हो । जस अनु्सार आर्थिक समृद्धि र सामाजिक हित अभिवृद्धिमा लघु, साना तथा मझौला उद्योगहरूको भूमिका महत्वपूर्ण रहेको जनाइएको छ । रिपोर्टमा यस्ता उद्योगहरूले रोजगारी सिर्जना, मूल्य अभिवृद्धि, नवप्रवर्तन र सशक्तीकरणका माध्यमबाट आर्थिक तथा सामाजिक लक्ष्य प्राप्तिमा योगदान पु¥याउने उल्लेख छ । नेपालको सन्दर्भमा औद्योगिक प्रतिष्ठानहरूको ९९.८ प्रतिशत हिस्सा ओगट्ने साना, मझौला र मध्यम उद्योगहरु रहेको प्रतिवेदनमा उल्लेख छ । जसमा टोटल जनशक्तिको ८४.७ प्रतिशत संलग्नता उल्लेख गरिएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लघु, साना तथा मझौला उद्योगहरूको स्थापना र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको भन्दै प्रतिवेदनमा यस्ता कार्यक्रमहरूको प्रभावकारिता मापन गर्ने कार्य पर्याप्त र नियमित हुन नसकेको उल्लेख छ । नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयलेविशेष अध्ययन कार्यक्रम अन्तर्गत चितवन र मकवानपुर जिल्लाका ३२१ वटा उद्योगहरूबाट तथ्यांक संकलन गरेको हो ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।