२०८२ पुष २० गते

भेनेजुएला : खाद्यान्नको खोजिमा सर्बसाधारण, संकटतिर बैंकिङ क्षेत्र !

बैंकिङ खबर/ भेनेजुएलाको अर्थतन्त्र हाल कठिन अवस्थामा छ। देशको अर्थतन्त्र हाइपरइन्फ्लेशन, आर्थिक सङ्कट, र राजनीतिक अस्थिरताले ग्रस्त छ। भेनेजुएलाको अर्थतन्त्रको समस्याको कारणहरु मध्ये एक हो तेल उत्पादनमा कमी, जुन देशको मुख्य आय स्रोत हो। साथै, देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, र आर्थिक नीतिहरुको अभावले पनि अर्थतन्त्रलाई प्रभावित पार्दै आएको थियो । 

अमेरिकाले हात लिएपछि अहिले ‘अपरेशन भेनेजुएला फ्रीडम’ सुरु गरिएको छ । अमेरिकी सेनाले जमिन र आकाश दुवै मार्गबाट भेनेजुएला प्रवेश गरी त्यहाँको रक्षा प्रणालीलाईपूर्ण रुपमा आफ्नो हातमा लिएको छ । भेनेजुएलाको सेनाका उच्च अधिकारीहरूले अमेरीकी सेनाका अघि आत्मसमर्पण गरेको अमेरीकाका संचारमाध्यमहरुले जनाएका छन् । यस घटनाले विश्वकै राजनीतिमा तरंग उत्पन्न भएको छ । रुस र चीनले अमेरिकाको यस कदमको विरोध गरेका छन् । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्निलाई समेत नियन्त्रणमा लिएर न्यूयोर्कमा राखेको घोषणा गरेको छ । भेनेजुएला सदरमुकाम कराकसका मदुरो विरोधीहरूले खुसीयाली मनाउँदै उत्सव गरेका छन् भने मदुरोका समर्थकले तिब्र निन्दा गरेका छन् । जहाँ अबस्था भयाभह छ भने मानिसहरू खाद्यान्न र सुरक्षित स्थानको खोजीमा भौतारिएका छन् । राजधानी कराकस र वरपर भएको अमेरिकी सैन्य आक्रमणपछि ३०० जना बढीको मृत्यू भएको समाचार एजेन्सीहरुले जनाएका छन् । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले यसलाई ‘नरसंहारको संज्ञा दिएको छ । यस आक्रमणमा अमेरिकाले आफ्ना सबैभन्दा आधुनिक र घातक प्रविधिहरूको प्रयोग गरेको बताइएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई तानाशाहको आरोप लाग्दै आएको थियो । 

पछिल्लो ७ बर्षदेखि यो देश ठूलो आर्थिक संकटबाट ग्रुजिरहेको छ। राष्ट्रपति निकोलस मटुरोले समेत संकटबाट कसरी पार लगाउने भन्ने तथ्य फेला पार्न सकेका थिएनन् । उनी उल्टै अर्थतन्त्र राम्रो बनाउने भन्दा अहमबादमा पुगेर निरंकुश हुँदै आएका थिए । यसले आन्तरिक राजनीतिक द्धन्द्धलाई फैलाएको थियो भने जनतामा निरासा छाएको थियो । आइएमएफका अनुसार भेनेजुएलाको मूल्यवृद्धि सात सय प्रतिशत भन्दा माथि पुगेको छ। राष्ट्रपतिको विरुद्धमा दिनहुँ सडकमा विरोध प्रर्दशन भइरहेका बेला अमेरिकाले सत्ता हात लिएको हो । आन्तरिक राजनीतिक द्धन्द्धको चरम अबस्थामा पुगेपछि राष्ट्रपति मटुरो विरुद्ध स्थानीयहरु आन्दोलीत हुँदै आएका थिए । राष्ट्रपति मटुरोले आफ्नो विरुद्ध विदेशी षडयन्त्र भइरहेको बताउँदै संविधानमा संशोधन आवश्यक रहेको बताउँदै आएका थिए । मटुरोको विपक्षिले उनलाई जनमत संग्रहबाट हटाउन चाहेका थिए ।

सन् १९९९मा यो पार्टी सरकारमा आएको थियो । यो पार्टी सरकारमा आएपछि लोकतन्त्र र आर्थिक अवस्था कमजोर भएको हो।भेनेजुएलाको अर्थतन्त्र पेट्रोलियम पदार्थमा आश्रित छ। यो ९५ प्रतिशत तेल निर्यातबाट आम्दानी गर्दै आएको देश हो । पछिल्लो वर्षमा तेलको आम्दानी घटेको छ । सरकारले तेलबाट हुने आम्दानी बढाउन ६ हजार प्रतिशतले मूल्य वृद्धि गर्यो । सिनेटमा विपक्षी दलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी मदुरोको तानाशाहीको पक्षमा छैनौं, तर बिना योजना अर्को देशमा आक्रमण गर्दा अमेरिकी सेना र विश्व शान्तिलाई जोखिममा पारिएको छ । यो अर्को ‘इराक युद्ध’ जस्तै दलदल बन्न सक्छ ।’ विपक्षीहरूले भेनेजुएलाबाट सुरु हुने शरणार्थी संकटले पूरै ल्याटिन अमेरिका र अमेरिकालाई नै असर गर्ने चेतावनी दिएका छन् ।

यसरी ध्वस्त हुँदै गयो भेनेजुएलाको अर्थतन्त्र 

भेनेजुएला २०औँ शताब्दीको उत्तरार्धदेखि तेल–आधारित अर्थतन्त्रका कारण विश्व बजारमा परिचित थियो । १९९८ मा ह्यूगो चावेजको सत्ता कब्जापछि देशले ‘बोलिभेरियन क्रान्ति’ मार्फत समाजवादतर्फ अग्रसरता देखायो ।

चावेजको उद्देश्य सामाजिक न्याय र गरिब वर्गको उत्थान भए पनि यसका वित्तीय नतिजाहरू बैंकिङ क्षेत्रमा तहसनहस निम्त्याए । २००० दशकको सुरुवातमा भेनेजुएलाको बैंकिङ क्षेत्र तुलनात्मक रूपमा सुदृढ थियो ।

निजी बैंकहरूले परम्परागत वित्तीय सेवाहरू बचत खाता, ऋण, विदेशी मुद्रा कारोबार–प्रदान गरिरहेका थिए । तर चावेज सरकारले राष्ट्रियकरण र सरकारी हस्तक्षेप बढाउँदै गएपछि बैंकहरूलाई दीर्घकालीन चुनौतीहरूको सामना गर्न बाध्य पारियो ।

फोकस बैंक र वित्तीय संकट

फोकस बैंक भेनेजुएलामा एक मध्यम आकारको निजी बैंकको रूपमा परिचित थियो । यसको मुख्य उद्देश्य व्यक्तिगत र व्यवसायिक बैंकिङ सेवा प्रदान गर्नु थियो । सुरुमा बैंकले राम्रो नाफा कमाइरहेको थियो र ग्राहकहरू बीच विश्वासिलो नाम बनिसकेको थियो । तर राजनीतिक द्वन्द्व र सरकारको आर्थिक नीति परिवर्तनले फोकस बैंकलाई पनि संकटमा धकेल्यो ।

चावेज सरकारले निजी बैंकहरूमा नियन्त्रण बढाउने क्रममा ब्याज दर र ऋण वितरणमा हस्तक्षेप गर्यो। फोकस बैंक जस्ता बैंकहरूले उच्च जोखिमपूर्ण ऋण ग्राहकहरूलाई दिन बाध्य भए । साथै, तेलको आयमा गिरावट र स्थानीय मुद्रा बोलिभरको मूल्यमा अविरल घटबढले बैंकको परिसम्पत्ति मूल्य घटायो ।

मुद्रास्फीति र ऋण असफलता

तेल मूल्य घटेसँगै भेनेजुएलामा मुद्रा संकट गहिरो भयो । मुद्रास्फीति अत्यधिक बढ्दा फोकस बैंकका ग्राहकहरूले आफ्ना बचतको वास्तविक मूल्य गुमाए । ऋण लिन चाहने व्यक्तिहरूले उच्च ब्याजदर तिर्नुपर्ने स्थिति आयो, जसले बैंकको ऋण फिर्ती दर घटायो । बैंकको संकट बढ्दै गयो र सम्पत्तिमा जोखिम बढ्न थाल्यो ।

साथै, बैंकमा सरकारको हस्तक्षेपले व्यापारिक स्वतन्त्रता सीमित गर्यो । फोकस बैंकको व्यवस्थापनले वित्तीय योजना बनाउन कठिनाइ भोग्यो, र दीर्घकालीन रणनीति कार्यान्वयन असम्भव भयो । परिणामस्वरूप, बैंक दिवालिया हुने स्थिति नजिक पुग्यो ।

सरकारी हस्तक्षेप र राष्ट्रियकरण

भेनेजुएलाको सरकारी नीतिअनुसार, संकटग्रस्त बैंकहरूलाई राष्ट्रियकरण गरिने प्रचलन थियो। फोकस बैंक पनि उक्त प्रक्रिया अन्तर्गत आइरहेको थियो । राष्ट्रियकरणपछि बैंकले केही समय सेवा जारी राखे पनि दीर्घकालीन स्थायित्व कायम गर्न सकेन। ग्राहकहरूले आफ्नो बचत गुमाउन थाले र बैंकमाथि विश्वास कमजोर भयो । यो घटनाले स्पष्ट देखाउँछ कि निजी बैंकहरूको स्वतन्त्रता र सरकारी हस्तक्षेपबीच असन्तुलनले वित्तीय प्रणालीमा अस्थिरता ल्याउन सक्छ ।

नागरिक जीवनमा प्रभाव

फोकस बैंकको पतनले केवल बैंकलाई मात्र नभई आम नागरिकलाई पनि प्रभावित पार्यो । बचत गर्नेहरूले ठूलो आर्थिक क्षति भोगे । व्यवसायीहरूले ऋण पाउन कठिनाइ महसुस गरे । मुद्रास्फीति र विदेशी मुद्रा अभावका कारण दैनिक उपभोग्य वस्तुहरू किन्न कठिन भयो । बैंकिङ प्रणालीमाथिको विश्वास गुम्दा आर्थिक गतिविधि सुस्त भयो ।

फोकस र अन्य निजी बैंकहरूको संकटले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिच्यो। विदेशी लगानीकर्ताहरूले भेनेजुएलामा लगानी घटाए। आइएमफ र विश्व बैंकले वित्तीय अस्थिरताको नजिकबाट विश्लेषण गरे । विदेशी मुद्रा आपूर्ति घटेपछि आयातमा कमी आयो, र दैनिक उपभोग्य वस्तुको अभाव बढ्यो । भेनेजुएलामा राजनीतिक द्वन्द्व, तेल मूल्यमा गिरावट, अत्यधिक मुद्रास्फीति, र सरकारी हस्तक्षेपले फोकस बैैंकसहित सम्पूर्ण बैंकिङ क्षेत्रलाई तहसनहस बनायो। फोकस बैंकको पतनले निजी बैंकहरूको स्वतन्त्रता, वित्तीय पारदर्शिता, र स्थिर आर्थिक नीति आर्थिक संरचनाको लागि अनिवार्य हुन्छ ।