बैंकिङ खबर/ कृत्रिम बौद्धिकता अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सन २०२५ मा किर्तिमानी कायम गरेको छ । डिजिटल युगलाई नयाँ आयाम दिँदै यो बर्षले अर्थतन्त्रमा पनि एआई अवधारणाको सुरुवात गरेको छ । एआईको चर्चा मात्रै होइन वर्चस्व स्थापित गर्ने होडमा विश्वका ठूला कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, अमेजन, अल्फाबेट, मेटा, एनभिडिया र टेस्ला अग्रपङ्क्तिमा देखिए । एआइले यी कम्पनी मात्रै होइन यस्ता धेरै कम्पनीहरुले विश्वको अर्थतन्त्र र पुँजीबजारमा आशावादी, उत्साह अनि त्रास उत्तिकै देखाएको छ । ।
एआईको बजार हिस्सा ओगट्न सफल विश्वका ठूला कम्पनीहरू एप्पल, माइक्रोसफ्ट, अमेजन, अल्फाबेट, मेटा, एनभिडिया र टेस्लाले कुल बजारमा पुँजीकरण करिब २२ ट्रिलियन अमेरिकी डलर हाराहारी पुराएका छन् । जुन अमेरिकी सेयर बजारको करिब एकतिहाइ हिस्सा हुन जान्छ । वर्षको सुरुआतमै चिनियाँ स्टार्टअप ‘डिपसिक’ सबैभन्दा धेरै डाउनलोड हुने एप बनेपछि एआई क्षेत्रमा ठूलो तहल्का मच्चियो । किनकि कम लागतमा विकास गरिएको डिपसिकको ‘आर–१’ मोडेलले एनभिडियाका महँगा चिप र सफ्टवेयरमा आधारित एआई प्रणालीलाई ठाडो चुनौती दिएको थियो ।
डिपसिकको उदयले म्याग्निफिसेन्ट सेभेनको शेयर मूल्यमा गिरावट मात्र देखिएन गत अप्रिल ३ मा अमेरिकी पुँजीबजार वालस्ट्रिटमा सबैभन्दा ठूलो गिरावटसमेत देखियो । तर, गत जुलाईमा एमआइटीले ‘द जेनेरेसन एआई डिभाइडः स्टेट अफ एआई इन बिजनेस २०२५’ सार्वजनिक गर्दै ९० प्रतिशतभन्दा बढी संस्थाले जेनेरेटिभ एआईबाट शून्य प्रतिफल पाएको दाबी गरेपछि प्रविधि सेयर हल्लियो । निकै कमजोर नतिजा देखाएको एआईले चाहिनेभन्दा बढी प्राथमिकता पाएको उक्त प्रतिवेदन सार्वजनिक भएसँगै त्यस्ता कम्पनीको शेयर मूल्य घट्न थाल्यो भने एनभिडिया ५० खर्ब डलर मूल्य पुग्ने विश्वकै पहिलो कम्पनी बन्यो । यही तीव्र उतारचढावका कारण एआई कम्पनीको पुँजीबजारलाई विश्लेषकहरूले ‘पानीको फोका’सँग तुलना गरेका छन् ।
सन्सारमा केही यस्ता देशहरु छन् जहाँ बैंकका शाखाका संख्या अत्यन्तै कम छन् । यसले देखाँउछ कि डिजिटलाइजेशनको नयाँ परिभाषा एआईको अवधारणा । ती बैंकहरु केवल नाम मात्रैका छन् । कतिपयले त बैंक नै देख्न नपाई बैंकलाई विश्वास गरेका हुन्छन् । डिजिटल कारोबार मात्रै होइन सबै कुरा डिजिटलबाटै हुन्छ । खाता खोल्नु, संचालन गर्नु, कारोबार गर्नु, कर्जा लिनु, डिपोजीट गर्नु सबै कुरा डिजिटलबाटै हुने गरेको छ । यी देशहरुलाई क्यासलेस देशहरु पनि भन्ने गरिन्छ । क्यासलेस अर्थात नगद रहित कारोबार कैयौं देशमा सम्भव भएको छ । विशेष गरी विकसित देशहरुमा पूर्णतया क्यासलेस कारोबार लागु भइसकेको छ ।
एआईको विकास
नेपालमा एआईको विकासलाई प्रवर्द्धन गर्न सरकारले राष्ट्रिय एआई नीति स्वीकृत गरेको छ। यो नीतिले एआईको विकास र प्रयोगलाई सहज बनाउन फाइभजी र फाइबर अप्टिक प्रविधि प्रयोग गरी उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने योजना समेटिएको छ। साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राष्ट्रिय एआई केन्द्र स्थापना गरेको छ ।
एआईले रोगहरूको निदान, उपचार, र स्वास्थ्य सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले व्यक्तिगत शिक्षा, स्वचालित ग्रेडिङ, र शिक्षा सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले व्यापारिक निर्णय, ग्राहक सेवा, र व्यापार सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले स्वचालित वाहन, यातायात व्यवस्थापन, र परिवहन सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले कृषि उत्पादन, फसल व्यवस्थापन, र कृषि सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले साइबर हमलाहरू, डेटा सुरक्षा, र साइबेर सुरक्षा सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले भाषा अनुवाद, भाषा सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले चिकित्सा अनुसन्धान, रोगहरूको निदान, र चिकित्सा सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले वातावरण संरक्षण, जलवायु परिवर्तन, र वातावरण सेवामा सुधार गर्न मद्दत गर्छ। एआईले सामाजिक सेवा, गरीबी उन्मूलन, र सामाजिक सेवामा सुधार गर्न मद्दत गर्छ।
सम्भव हुँदै बैंकिङ क्षेत्रमा एआई मोडल
विभिन्न देशका केन्द्रीय बैंकहरूले एआई प्रविधिको मोडलमा बैंकिङ क्षेत्र अघि बढ्ने प्रक्षेपण अनुसार काम गरीरहेका छन् । कैयौं देशहरुमा यो प्रविधि लागु भइसकेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग बढाउँदै लग्ने, विद्युतीय मुद्राको प्रारूप तयार पार्ने, केन्द्रीय ग्राहक पहिचान प्रणाली केवाईसी निर्माण गर्ने, राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउनेजस्ता योजना नेपालको केन्द्रीय बैंकले पाँच बर्ष अघि नै अघि सारेको थियो । गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा ती कुरा उल्लेख भएपनि नेपालमा एआइको प्रयोग ब्न अझै केही समय लाग्ने देखिएको छ । राष्ट्र बैंकले इजाजतपत्र जारी गरेका बैंक तथा वित्तीय संस्थामा कृत्रिम बौद्धिकता एआईलाई अधिकतम सदुपयोग गर्न प्रोत्साहन गरिने एवं यसका चुनौती र अवसर पहिल्याउँदै प्रयोग बढाउन प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीति छ ।
एआईसम्बन्धी नियमन विभिन्न देशका केन्द्रीय बैंकहरूका लागि अहिले नयाँ विषयका रूपमा रहेको छ । युरोपेली केन्द्रीय बैंक ईसीबीले यसलाई कार्यान्वयनमा ल्याएको छ । जस अनुसार बैंक अफ इंग्ल्यान्ड, मनिटरी अथोरिटी अफ सिंगापुरजस्ता केन्द्रीय बैंकहरु एआईका विषयमा अध्ययन, परीक्षण, प्रयोग र नियमनमा अत्यन्तै अगाडि छन् । नेपालको हकमा २०७८ सालमा सार्वजनिक गरिएको राष्ट्र बैंकको चौथो रणनीतिक योजनामा पनि होलसेल, रिटेल र क्रसबोर्डर सीबीडीसीबारे उल्लेख थियो । राष्ट्र बैंकले होलसेल सीबीडीसीको पाइलट परीक्षण २०२६ अगस्टमा गर्ने लक्ष्य लिएको थियो । पछिल्ला वर्षमा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य प्रगति भएको छ । सोही अनुसारका विभिन्न डिजिटल कम्पनहिरु पनि बढ्दै गएका छन् ।
विश्वका प्रख्यात बैँकहरूले एआईको अबधारणालाई अंगिकार गरीसकेका छन् । अमेरिकाको जेपी मोर्गन चेस, सिटी बैँक, सिङ्गापुरको डीबीएस, युरोपको एचएसबीसी र बीएनपी परिबासले एजेन्टिक एआईलाई विभिन्न कार्यक्षेत्रमा प्रयोग गरिरहेका छन् । भारतमा एसबीआई, एचएफडीसी, आईसीआईसीआई बैँकहरूले एजेन्टिक एआई प्रयोग गरी काम गरीरहेका छन् । ती बैंकहरुमा ग्राहक सेवा, पेमेन्ट सेवा, धोकाधडी पहिचान, जोखिम मूल्याङ्कन, कर्जा स्वीकृति र नियामकीय क्षेत्रमा समेत एआई एजेन्टहरूबाट काम भइसहेको छ ।
बैंकिङ क्षेत्रमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट अधिकाँस कामहरु गर्न सकिन्छ । बैंकवित्तमा भइरहेका विभिन्न ढिलासुस्तीलाई छिटो छरितो सँगसँगै ग्राहकलाई सजिलै सेवा प्रदान गर्ने काम देखि रिपोर्टहरु तयार गर्नमा समेत एआईमार्फत गर्न र गराउन सकिन्छ ।
ग्राहक सेवा : एआई पावरड चैटबोटहरूले ग्राहकहरूलाई द्दद्धरठ सेवा प्रदान गर्न सक्छन्, जसले ग्राहकहरूको प्रश्नहरूको उत्तर दिन्छ र उनीहरूको समस्याहरू हल गर्दछ।
कर्जा अनुमोदन : एआईले कर्जाको लागि आवेदन दिनेहरूको क्रेडिट स्कोर र अन्य जानकारीहरूको विश्लेषण गरेर कर्जा अनुमोदन गर्ने प्रक्रियालाई तीव्र बनाउन सक्छ।
रिस्क म्यानेजमेन्ट : एआईले बैंकहरूको रिस्क म्यानेजमेन्ट प्रक्रियालाई सुधार गर्न सक्छ, जसले उनीहरूलाई अधिक प्रभावी रूपमा रिस्कहरू व्यवस्थापन गर्न मद्दत गर्दछ।
कम्प्लियन्स : एआईले बैंकहरूलाई नियमहरू र शर्तहरूको पालनामा मद्दत गर्न सक्छ, जसले उनीहरूलाई जुर्माना र अन्य दण्डहरूबाट बचाउँछ।
डेटा विश्लेषण : एआईले बैंकहरूको डेटाको विश्लेषण गरेर उनीहरूलाई अधिक प्रभावी व्यवसायिक निर्णयहरू गर्न मद्दत गर्न सक्छ।
डिजिटल पेमेंटस् एआईले डिजिटल पेमेंट प्रक्रियालाई सुधार गर्न सक्छ, जसले ग्राहकहरूलाई अधिक सुरक्षित र सुविधाजनक पेमेंट विकल्पहरू प्रदान गर्दछ।
वित्तीय शिक्षा : एआईले ग्राहकहरूलाई वित्तीय शिक्षा प्रदान गर्न सक्छ, जसले उनीहरूलाई अधिक प्रभावी रूपमा आफ्नो वित्त व्यवस्थापन गर्न मद्दत गर्दछ।
साइबर सुरक्षा : एआईले बैंकहरूको साइबर सुरक्षालाई सुधार गर्न सक्छ, जसले उनीहरूलाई साइबर हमलाहरूबाट बचाउँछ।
नेपाल राष्ट्र बेंकले पनि अघि सारेको छ एआई मोडलको कार्यक्रम
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कृत्रिम बौद्धिकता एआई प्रयोगको लागि बाटो खोल्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले मार्गदर्शनको मस्यौदा तयार गरेको हो । केन्द्रीय बैंकले मस्यौदा सार्वजनिक गरेर सुझाव मागेको छ । मार्गदर्शन लागु भएपछि राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरूले एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न सक्ने छन् । यसमा क्रेडिट स्कोरिङ, ठगी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमन जस्ता अनुप्रयोगहरू समावेश छन्। एआईले ग्राहकहरूको ऋण योग्यता मूल्यांकन गर्न, ठगीजन्य गतिविधिहरू पहिचान गर्न वा स्वचालित च्याट मार्फत ग्राहक सहायता प्रदान गर्न सहयोग गर्ने छ । यस्ता प्रयोगहरूले संस्थाको दक्षता र क्षमता बढाउन सहयोगि हुने छ । ततपश्चात एआई प्रणालीको नतिजा र निर्णयलाई संचालक समिति र व्यबबस्थापन पक्षले वहन गर्नुपर्ने छ । एआई प्रणालीहरूलाई उच्च जोखिम वा न्युनजोखिम भनेर वर्गीकरण गरेपछि सहज हुने छ । डाटा गुणस्तर, साइबर सुरक्षा र नैतिक प्रयोगमा विशेष ध्यान दिइने जनाइएको छ ।
एआईको जिम्मेवार, पारदर्शी र नैतिक प्रयोगलाई प्रोत्साहन दिन नयाँ मार्गदर्शन बनाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । यसरी अघि सारीएको मार्गदर्शनले एआईको प्रयोगबाट वित्तीय संस्थाहरूलाई फाइदा पुग्ने र व्यबस्थीत गर्न सहयोग हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई एआई प्रविधिको प्रयोगमा दिशानिर्देशन गरेर अघि बढाउनु मार्गदर्शनको मुख्य उद्देश्य रहेको छ । डाटा गोपनीयता र भेदभावरहित परिणामहरू सुनिश्चित गर्नका लागि पनि एआईको प्रयोग सहज हुने छ । साइबर जोखिमहरूको न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई पर्याप्त संरचना स्थापना गर्न बाटो खुल्नुका साथै एआईबाट सञ्चालन, नैतिक, प्रणालीगत, मोडेल लगायतका विषयमा कार्य सम्पादन हुने अपेक्षा गरिएको छ । यसले प्रतिस्पर्धी र समावेशी वित्तीय क्षेत्र निर्माण गर्दै सबै जनसंख्यालाई पहुँचयोग्य र सस्तो वित्तीय सेवा प्रदान गर्न एआईको प्रयोगलाई प्रोत्साहन दिन्छ।