२०८२ मंसिर २१ गते

कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ : गभर्नर डा. पौडेल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको बताएका छन् । उनले यसबारेमा केन्द्रीय बैंकले अध्ययन गरिरहेको बताउँदै त्यसबारेमा अपनाउन सकिने लचकता अपनाइने उल्लेख गरे । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले कुनै पनि बैंकको कर्मचारीले यो मिलाईदिन्छु र त्यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने त्यसलाई गम्भिर रुपमा लिइने उल्लेख गरे । गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि राष्ट्र बैंकले केही नीतिहरु परिमार्जन गरेको उल्लेख गरे ।