
बैंकिङ खबरर / अहिलेको जेन्जी पुस्ता डिजिटलमै सबै कुरा गर्न चाहान्छ । यसकारण पछि यो पुस्ताका हरेक क्रियाकलाप डिजिटलमै हुने गरेका छन् । डिजिटल बैंकिङ अर्थात् आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली । पछिल्लो समय अधिकाँस कारोबार यसैबाट हुने गरेको छ । डिजिटल बैंकिङ एक नयाँ युग पनि हो । अब पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकसम्म धाउनु पर्दैन । केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवम् जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने काम गरिसकेको छ । प्रयोगकर्ताहरु पनि बढीरहेका छन् । डिजिटल युगले सबैकुरा सहज बनाइदिएको छ, नसुकै स्थानमा गएर नगद बिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न सक्छौं । जसबाट नगद बोक्न हुने झन्झट, हराउने, चोरी हुने जोखिमबाट मुक्ति मिलेको छ ।
नेपालमा डिजिटल बैंकिङको शुरुवात
नेपालमा डिजिटल बैंकिङको शुरुवात सन् १९९३ तिर भएको हो । यस्तै, इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ मा मोबाइल बैंकिङ शुरु भएको पाइन्छ । यद्यपी यसको प्रयोग र विस्तारमा केही समय भने लाग्यो । कोरोना महामारीको समयमा डिजिटल बैंकिङको प्रयोग ह्वात्तै बढेको पाइन्छ । अहिले खाता खोल्ने, भुक्तानी गर्ने, पैसा पठाउने, ऋण आवेदन दिने जस्ता बैंकिङ सेवाहरू घरबाटै हुने गरेका छन् । सूचना प्रविधिमा भएको विकाससँगै डिजिटल बैंकिङ साझा रुची एवम् चासोको विषय बन्न थालेको छ । डिजिटलकै कारण अधिकाँस कामहरु अनलाइनको माध्यमबाटै हुने गरेको छ । प्रविधिमार्फत मानिसहरुलाई बैंकसँग जोड्न र जोडिन पनि सहज छ । यस प्रकारको बैंकिङ प्रविधिले घरमै बसेर सबै कारोबार गर्न सहज हुन्छ ।
यस बाहेक, कम्पनीहरुले डिजिटल भुक्तानीबाट आफ्नो ग्राहकहरुलाई छूट र क्यासब्याकको आकर्षक अफरहरु समेत प्रदान गरिरहेका हुन्छन् । आजभोली क्यासलेस कारोबार रुची, चासो र भरपर्दो माध्यम बनेको छ । यसको प्रयोग पनि सहज, सरल र भरपर्दो छ । आज लगभग हरेक साना, ठूला शहरहरुमा यसको प्रयोग बढीरहेको छ । कुनै पनि स्थानमा वस्तु तथा सेवाको उपभोग गरेवापत पैसाको साटो डिजिटल पेमेन्ट गर्न सकिन्छ । हरेक साना ठुला पसलमा क्यु आर कोडको उपलब्धता रहेको छ । बैंकहरुले समेत सबै क्षेत्रमा क्यु आर कोड सेवा प्रदान गरिरहेका छन् ।
डिजिटल बैंकिङको बढ्दो प्रयोग
गत आबमा करिव ४ लाख मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भुक्तानी साधनहरुमध्येको एक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या २ करोड ५० लाख बढी छ । अघिल्लो महिना २०८१ असार मसान्तसम्म यस्तो संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ रहेको थियो । समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत कूल ३ खर्ब ७७ अर्ब ६३ करोड २० लाख रुपैयाँ भूक्तानी कारोबार भएको छ ।
डिजिटल बैंकिङका फाइदाहरु
१। घरमै बसेर अनलाइन मार्फत देश, विदेशबाट डिजिटल भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
२। इन्टरनेट बैंकिङको सहयोगमा चेक बुक र एटीएम कार्डको लागि आवेदन दिन सक्नुहुन्छ । बैंकमा धाइरहनु पर्दैन ।
३। तपाईले घरमै बसेर आफ्नो खाताको रकम जाँच गर्न सक्नुहुन्छ ।
४। यदि तपाई एक व्यापारी हुनुहुन्छ भने क्यु आर कोड मार्फत ग्राहक मार्फत भुक्तानी प्राप्त गर्न सक्नुहुन्छ ।
५। तपाईले आफ्नो मोबाइलबाट पसल, शपिङमल, होटल आदिमा अनलाइन भुक्तानी गर्न सक्नुहुन्छ ।
यसको प्रयोग सुरक्षित छ, ह्याक हुने सम्भावना छ
डिजिटल बैंकिंग प्रणाली ह्याक गर्न कठिन छ । तर यदि हामी यसको प्रयोगमा लापरवाही गर्छौ भने नोक्सान पनि हुन सक्छ । हाम्रो डिजिटल अकाउन्ट सुरक्षित राख्नका लागि केहि महत्वपूर्ण बिषयहरुमा ध्यान दिन आवश्यक हुन्छ ।
१। आफ्नो डेबिट कार्ड नम्बर, म्याद सकिने मिति, इन्टरनेट बैंकिङसँग सम्बन्धित आईडी र पासवर्ड कसैसग सेयर नगर्नुहोस् ।
२। बैंकहरुले कहिल्यै पनी ग्राहकहरुलाई खातासँंग सम्बन्धित कुनै जानकारी सोध्न फोन गर्दैनन् । त्यसैले फोन मार्फत कसैले खाताका बारेमा सोधखोज गरेमा कुनै जानकारी नदिई सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्नुहोस् ।