Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
जेन्जी पुस्ता

जेन्जी आन्दोलनमा बैंकको एटीएम फुटाउने पक्राउ

२०८२ मंसिर १० गते

बैंकिङ खबर । जेनजी प्रदर्शनमा एटिएम फूटाएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका  घर भई भक्तपुरको थिमी नगरपालिका ७ बस्ने २९ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थिमीले उनीमाथि अनुसन्धान गरिरहेको छ । राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । भदौ २४ मा प्रहरी वृत्त थिमीमा आगजनी भएपछि एटिएम तोडफोड भएको थियो ।