१२ वर्षे मेला ल्ह्फेवको अवसरमा प्रभु बैंक लिमिटेडले निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बैंकले तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा मुस्ताङको कोबाङ्गमा ३ दिने आँखा शिविर सम्पन्न गरेको हो । पुस १५,१६ र १७ गते सञ्चालित शिविरमा १५० जनाले आँखा जाँच गराई मोतियाबिन्दु, जदविन्दु जस्ता आँखा सम्बन्धी विभिन्न रोगहरुको चिकित्सा सल्लाह सुझाव लिएका छन् ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विकट क्षेत्रमा पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गरेको बैंकले आगामी दिनमा पनि यसरी नै अघि बढ्दै जाने प्रतिवद्धता जनाएको छ ।