सिटिजन्स बैंकले नुवाकोट जिल्लाको २ वटा गा.वि.स. थानापति र बालकुमारीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले यु. के. एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच उद्देश्यले सो सेवा विस्तार गरेको हो । शाखा रहित सेवा संचालनका लागि स्थानीय व्यवसायी सुमन थपलिया र स्मृती सिंह ठकुरी लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
यस शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ८९ पुगेको छ । बैंकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ्ग सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराई राखेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।