Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से ८.२४ अंकले ओरालो, ६ अर्ब रुपैयाँ बढीको कारोबार

२०८२ कार्तिक १७ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार ८.२४ अंकले घटेर २६२२.८९ बिन्दुमा झरेको छ। आज ३३३ कम्पनीका १ करोड २१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ५ करोड २२ लाख रुपैयाँ पुगेको छ।

आजकाे कारोबारमा ७ समूहको सेयर मूल्यमा गिरावट देखिएको छ भने केही समूहमा सुधार पनि आएको छ। वाणिज्य बैंक समूह ०.२२ प्रतिशतले, फाइनान्स समूह ०.१२ प्रतिशतले, हाइड्रोपावर समूह १.०५ प्रतिशतले, इन्भेष्टमेन्ट समूह ०.७० प्रतिशतले र जीवन बीमा समूह १.०५ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको सेयर मूल्य घटेको छ। बजारमा आज दुई कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा शिवम सिमेन्ट अग्रस्थानमा रहँदै सबैभन्दा बढी कारोबार भएको कम्पनी बनेको छ। बजार विश्लेषकहरूले नेप्सेमा आएको सानो गिरावटलाई सामान्य उतारचढावको रूपमा लिएका छन्।