Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

admin २०८२ कार्तिक १७ गते
सेयर:

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमध्ये ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले पारित गरी बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।