२०८२ कार्तिक १६ गते

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, पाँच कम्पनी सेयरले सकारात्मक सर्किट

बैंकिङ खबर/ साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा बन्द भएको छ। यसदिन सेन्सेटिभ इण्डेक्स ४.४१ प्रतिशतले बढेर ४५७.२२ विन्दुमा पुगेको छ।

कारोबारमा ३१९ स्क्रिप्सका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँमा खरिदबिक्री भए। परिसूचक दोहोरो अंकले बढ्दा सामुदायिक लघुवित्त वित्तीय संस्था, गोरखाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपुल्स पावर र थेह्रथुम पावरको सेयर १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा पुगे।

यसदिन २०५ स्टक्सको मूल्य बढ्दा ४२ स्टकको घट्यो भने ३ स्टकको मूल्य स्थिर रह्यो। कारोबार रकमका आधारमा हिमालयन बैंक प्रमोटर शीर्ष स्थानमा रह्यो। सो बैंकको १ अर्ब ६६ करोड ५९० लाख ५९ हजार ७६ रुपैयाँ बराबरको सेयर कारोबार भयो।

युनियन हाइड्रोपावरले ३४ करोड, बुटवल पावरले २५ करोड, राधी विद्युतले २४ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २० करोड मूल्य बराबरको सेयर कारोबार गरे। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्य समूहका उपसूचक सकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.१८ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्सको ४.३५ प्रतिशतले बढेको छ।