
बैंकिङ खबर/ सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ३४.२२ अंक बढेर २६००.३८ मा पुगेको छ। आजको कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ५ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएकोमा आज ७ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ। बजार वृद्धि मुख्य रूपमा हिमालयन बैंकको संस्थापक सेयरको १ अर्ब ६६ करोड रुपैयाँ कारोबारका कारण भएको हो।
आज कुल २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत रूपमा हाइड्रोपावर सबैभन्दा बढी २.६७ प्रतिशत बढेको छ। बैंकिङ ०.३३%, विकास बैंक १.२३%, फाइनान्स १.६०%, होटल/पर्यटन ०.७५%, लगानी १.३५%, जीवन बीमा १.८०% र उत्पादन/प्रशोधन १.७४% ले वृद्धि भएको छ।
आज मूल्यमा उल्लेखनीय वृद्धि भएका कम्पनीहरूमा गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्त १०%, सुपर मादी हाइड्रोपावर ९.५४%, गणपति लघुवित्त ९.४६%, र पिपुल्स हाइड्रोपावर ९.०८% छन्।
सबैभन्दा धेरै मूल्य घटेका कम्पनीहरूमा आशा लघुवित्त ४.७९%, उपकार लघुवित्त ३.९६% र हिमालयन पावर पार्टनर ३.७५% रहेका छन्। आजको कारोबारमा धेरै कारोबार भएका पाँच कम्पनीहरू हिमालयन बैंक संस्थापक, राधि विद्युत्, नेपाल पुनर्बीमा, साहस ऊर्जा र बुटवल पावर कम्पनी रहेका छन् ।