
बैंकिङ खबर/ श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आईपीओ आज बाँडफाँट गरेको हो ।
आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका थिए ।
आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो ।
मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गरेका छन् । सोहि मध्यका ३ जनाले भने १।१ कित्ता थप गरी ११ कित्ता शेयर पाएका हुन् ।
आईपीओको नतिजा अनलाइनमा प्रकाशन गर्न काम थालिएको र केही बेरमा सार्वजनिक हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ। अनलाइनमा प्रकाशित भएपछि निम्न तीन तरीकाबाट सजिलै आईपीओको नतिजा हेर्न सकिनेछ।
सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट: https://result.nabilinvest.com.np/search/ipo-share
सिडीएससीको मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login
