
बैंकिङ खबर/ शेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा पुगेको छ। आज ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।
समूहगत रूपमा वाणिज्य बैंक समूह १.९२%, विकास बैंक समूह ४.४७%, फाइनान्स समूह ३.१४%, र होटल तथा पर्यटन समूह २.८०% ले वृद्धि देखाएका छन्। बजारमा सुधार आएसँगै लगानीकर्ताको मनोबल बढेको छ।
