Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजारमा सुधार, नेप्से २५७१ बिन्दुमा

२०८२ कार्तिक ११ गते
सेयर:

बैंकिङ खबर/ शेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा पुगेको छ। आज ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

समूहगत रूपमा वाणिज्य बैंक समूह १.९२%, विकास बैंक समूह ४.४७%, फाइनान्स समूह ३.१४%, र होटल तथा पर्यटन समूह २.८०% ले वृद्धि देखाएका छन्। बजारमा सुधार आएसँगै लगानीकर्ताको मनोबल बढेको छ।