२०८२ आश्विन ३० गते

एक वर्षपछि नेप्से परिसूचक २४०० विन्दु नजिक

बैंकिङ खबर/ साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेको छ। यससँगै, एक वर्षपछि परिसूचक २४०० को मनोवैज्ञानिक स्तर नजिक पुगेको हो।

अन्तिम पटक नेप्से परिसूचक २०८१ असोज १३ गते २४६४.४० विन्दुमा कायम भएको थियो। त्यसयता परिसूचक यस स्तरमा झरेको थिएन।

आजको बजारमा ७६ लाख ४३ हजार ६३५ कित्ता सेयरको खरिद–बिक्री हुँदा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधवार परिसूचक २२.५८ अंकले घटेर २५०५.५९ विन्दुमा बन्द भएको थियो।

आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। कारोबारका आधारमा मुक्तिनाथ विकास बैंक १५ करोड ३० लाख ९७ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ।