Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२० प्रतिशत बोनस सेयर जारी गर्दै कृषि विकास बैंक, हकप्रदले पनि पाउने

२०७३ पुष १५ गते

कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको विहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि बैंकले १.०५३ नगद लाभांश पनि दिनेछ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

अघिल्लो महिनामा हकप्रद सेयर निष्काशन गरेको बैंकले हकप्रद वितरण गरेपछि कायम हुने चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर दिन लागेको हो । उक्त हकप्रद सेयर पाएका सेयरधनीले पनि बोनस सेयर पाउने बैंकले स्पष्ट पारेको छ । 

हाल कृषि विकास बैंकको चुक्तापुँजी तीन अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ । निष्काशीत हकप्रद वितरण गरेपछि बैंकको चुक्तापुँजी ५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी सात अर्ब १२ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।