Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गरिमा समृद्धि योजनाको ५.१० प्रतिशत नगद लाभांश घोषणा

२०८२ श्रावण १६ गते
सेयर:

बैंकिङ खबर/ गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८०/८१ का लागि ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेड को सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। यससँगै लाभांश वितरणको लागि बुक क्लोज साउन २७ गते हुने बताइएको छ। साउन २६ गतेसम्म नेप्सेमा खरिद गरिएका इकाइहरू लाभांशको लागि योग्य हुनेछन्।

उक्त योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड हो। गरिमा क्यापिटलका अनुसार, योजनाले लगानीकर्तालाई स्थिर प्रतिफल दिन निरन्तर प्रयास गरिरहेको छ।