Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ मौद्रिक नीतिअनुसार ब्याजदर घट्दा कर्जा प्रवाह बढ्ने र अर्थतन्त्रमा उत्साह ल्याउनेछः देउवा

२०८२ श्रावण १३ गते

बैंकिङ खबर/ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिअनुसार ब्याजदर घटेकाले बैंकिङ प्रणालीमा थुप्रिएको ठूलो रकम अब कर्जा प्रवाहमा विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा सानेपामा आयोजित “वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति“ विषयक कार्यक्रममा बोल्दै देउवाले ब्याजदर घटेसँगै औद्योगिक, व्यवसायिक क्षेत्र र आम नागरिकमा उत्साह जगिने अपेक्षा गरिएको बताए।

उनले भने, “बैंकमा जम्मा भएको ठूलो रकम अब कर्जा प्रवाहमार्फत उद्योग, व्यवसाय, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा उपयोग हुने वातावरण बन्नेछ।“ सभापति देउवाले लामो समयको सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड–१९ र अन्तर्राष्ट्रिय द्वन्द्वजस्ता संकटबीच पनि नेपालको अर्थतन्त्रमा स्थायित्व कायम रहनुमा नेपाली कांग्रेसद्वारा अघिल्लो दशकमा राखिएको आर्थिक नीति जग जिम्मेवार रहेको दाबी गरे।

उनले ब्याजदर घट्दा पुँजीको पहुँच सहज हुने र निजी क्षेत्रको सक्रियता बढ्ने भएकाले विकासको गति पनि तेज हुने विश्वास व्यक्त गरे। साथै, विकास बजेट समयमै खर्च गर्न आवश्यक संरचनागत सुधार र कानुनी अवरोध हटाउनुपर्नेमा पनि उनले जोड दिए।