Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पोखरा र समृद्धि फाइनान्स मर्जरमा

२०८२ श्रावण ४ गते

बैंकिङ खबर/ पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा जाने भएका छन्। पोखरास्थित होटल ल्यान्डमार्कमा दुई वित्तीय संस्थाबीच औपचारिक रुपमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा पोखरा फाइनान्सका अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेका अनुसार मर्जर प्रक्रिया १:१ स्वाप अनुपातमा हुनेछ। मर्जरपछिको एकीकृत संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममै सञ्चालन हुनेछ।

दुवै कम्पनीले नियामकीय स्वीकृति लिएपछि मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने सहमति भएको छ। मर्जर प्रक्रियाअन्तर्गत आजदेखि दुवै फाइनान्स कम्पनीको सेयर कारोबार नेप्सेमा रोक्का गरिएको छ।