Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालको डिजिटल भुक्तानी सेवा सरल र सुरक्षित: डेपुटी गभर्नर मिश्र

२०८२ श्रावण १ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालको डिजिटल भुक्तानी सेवा एकदमै सहज र सुरक्षित रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मिश्रले डिजिटल भुक्तानी सेवा राजधानी काठमाडौंमा मात्र सीमित नभई देशका कुना–काप्चासम्म विस्तार भएको दाबी गरे।

‘डिजिटल भुक्तानी अब देशव्यापी भएको छ। सामान्य प्रयोगकर्तादेखि व्यवसायी र सरकारी सेवासमेत डिजिटल माध्यमतर्फ आकर्षित छन्,’ उनले भने। कार्यक्रममा ‘खल्ती बाइ आइएमई’ नामक सेवा शुभारम्भको अवसरमा मिश्रले आगामी दिनमा सेवा सफल होस् भन्ने शुभकामना व्यक्त गरे। साथै मर्जरपछि कर्मचारीबीच अन्याय नहोस् र भविष्यमा विवाद नउठोस् भन्नेमा उच्च व्यवस्थापनले ध्यान दिनुपर्ने उनले औंल्याए।

सरकार र राष्ट्र बैंकको आपसी समझदारीमा आगामी दिनमा सरकारी तथा अन्य आवश्यक भुक्तानीहरू डिजिटल माध्यमबाट गर्न सकिने प्रणाली विकासका लागि गृहकार्य भइरहेको जानकारी पनि उनले दिए।