Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने संकेत दिएको छ : वीरेन्द्रराज पाण्डे

२०८२ असार २८ गते

बैंकिङ खबर/ नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राष्ट्र बैंकद्वारा सार्वजनिक नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने संकेत दिएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार नीति पुँजी बजार तथा घरजग्गा क्षेत्रलाई प्रवर्द्धन गर्दै समग्र आर्थिक गतिविधिमा सकारात्मक ‘इम्पेटस’ (गति) दिने प्रयासका रूपमा आएको देखिन्छ। चालु पुँजी कर्जा

सीएनआई अध्यक्ष पाण्डेले परिसंघले लामो समयदेखि माग गर्दै आएको चालु पुँजी कर्जा मार्गदर्शनको विषयमा पनि नीति लचिलो देखिएको बताए। “हामीले यसलाई स्थगन गर्न माग गरेका थियौं। अहिले उद्योगअनुसार समीक्षा गर्ने भनिएको छ, जुन सकारात्मक छ,” उनले बताए।

पाण्डेका अनुसार, नयाँ नीतिले पहिलो घर खरिदकर्ताका लागि ८० प्रतिशतसम्म लोन–टु–भ्यालु रेसियो कायम गरेर घरजग्गा बजारलाई सहुलियत दिने संकेत दिएको छ। अन्य व्यक्तिहरूका लागि यो सीमा ७० प्रतिशत कायम गरिएको छ, जसले बजारमा माग बढाउने अपेक्षा गरिएको छ।

उनले मौद्रिक नीतिले सरकारको वित्तीय नीतिसँग समन्वय गर्दै अर्थतन्त्र पुनरुत्थानतर्फ लैजान खोजेको उल्लेख गरे। “नीतिले केवल मौद्रिक सन्तुलन मात्र होइन, वित्तीय रणनीतिमा पनि सहयोग पुर्‍याउने संकेत दिएको छ,” पाण्डेले बताए।