Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अटो-मार्केट

घर किन्न वा बनाउन ३ करोडसम्म कर्जा दिइने, कर्जा मूल्य अनुपात ८० प्रतिशत

२०८२ असार २७ गते

बैंकिङ खबर/ निजी आवसीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने उद्घोष गरेको हो ।

यसैगरी पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने घोषणा गभर्नर डा. विश्वनाथ पौडेलले गरे ।