
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको मौद्रिक नीति आज अपराह्न १२:२० बजे सार्वजनिक हुने भएको छ।
राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै फेसबुक पेज र युट्युब च्यानलमार्फत पनि प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएको हो। मौद्रिक नीति सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने व्यक्ति तथा संस्थाहरूले अनलाइनमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्।
यो नीति राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको नेतृत्वमा ल्याइएको पहिलो मौद्रिक नीति हो। आर्थिक वर्ष सुरु हुनुअघि नै नीति सार्वजनिक गर्ने गभर्नरको प्रयास अनुसार राष्ट्र बैंकले आज नीति सार्वजनिक गर्न लागेको हो।




