
बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले सर्वसाधारणका लागि थप सार्वजनिक निष्काशन (एफपीओ) असार ३२ गतेदेखि खुला गर्ने भएको छ। बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको एफपीओ जारी गर्दैछ, जसअनुसार ९२ लाख ५० हजार ४६९ कित्ता शेयर बिक्रीमा ल्याइनेछ।
प्रत्येक कित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँ र ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि १,५७० रुपैयाँ जोहो गर्नुपर्नेछ।
सेयर स्वामित्व संरचना
हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ।
७२.९९% (१५ अर्ब ८० करोड) संस्थापक समूहको
२७.०१% (५ अर्ब ८४ करोड) सर्वसाधारण समूहको सेयर स्वामित्वमा रहेको छ।
एफपीओ किन?
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार, कुनै पनि बैंकले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने कानुनी व्यवस्था छ। सोही प्रावधान अनुसार बैंकले यो एफपीओ ल्याउन लागेको हो।
आवेदन विवरण
एफपीओ खुल्ने मिति: २०८२ असार ३२
आवेदन दिन सकिने अन्तिम मिति: २०८२ साउन ४
पूर्ण आवेदन नपरेमा म्याद: साउन १४ गतेसम्म
न्यूनतम आवेदन: १० कित्ता
अधिकतम: सम्पूर्ण कित्ता उपलब्धतासम्म
बिक्री प्रबन्धक र रेटिङ्ग
एफपीओको निष्काशन तथा बिक्री सिटिजन्स क्यापिटल लिमिटेड ले गर्नेछ। केयर रेटिङ नेपालले बैंकलाई CARE NP BBB इस्यूअर रेटिङ दिएको छ, जसले मध्यम स्तरको वित्तीय दायित्व वहन क्षमताको संकेत गर्दछ।



