Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल लघुवित्तका ग्राहकलाई निसर्ग अस्पताल र मष्टा एग्रोमा छुट

२०८२ असार १० गते
सेयर:

बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारी र ग्राहक सदस्यहरूको सुविधा तथा सेवामा पहुँच बढाउने उद्देश्यले दुई फरक क्षेत्रमा छुट सम्झौता गरेको छ ।

लघुवित्तले निसर्ग अस्पतालसँग उपचार सेवामा छुट सम्झौता गरेको हो । अनुगमन कार्यालय अत्तरिया, कैलालीका अनुगमन अधिकृत अमरेश कुमार कुशवाहा र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. धनगढीका अध्यक्ष तिर्थ राज पन्तबीच १ वर्षका लागि उपचार सेवामा छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार, लघुवित्तका कर्मचारी तथा ग्राहक सदस्यहरूले अस्पतालबाट विभिन्न सेवा शीर्षकहरूमा छुट पाउने छन्। सम्झौताले ग्रामीण तथा दुर्गम क्षेत्रका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।

यस्तै लघुवित्तले कृषि र पशुजन्य बस्तुमा छुटका लागि मष्टा एग्रोसँग पनि सम्झौता गरेको छ । अनुगमन अधिकृत अमरेश कुशवाहा र गोदावरी, कैलालीस्थित मष्टा एग्रो स्टोर्स एण्ड सप्लायर्सका प्रोप्राइटर जनक राज रेग्मीबीच कृषि तथा पशुजन्य बस्तुमा छुट दिने गरी सम्झौता भएको हो ।

एक वर्षको लागि गरिएको सम्झौताअनुसार, लघुवित्तका ग्राहक सदस्यहरूले मष्टा एग्रोबाट बीउ, मल, पशुपंक्षीका खाद्य सामग्री लगायत विभिन्न कृषि सामग्रीमा छुट सुविधा प्राप्त गर्नेछन्।

दुवै सम्झौताले ग्रामीण क्षेत्रका लघुवित्त सदस्यहरूको दैनिक जीवनयापन, स्वास्थ्य तथा कृषि उत्पादनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने विश्वास संस्थाले व्यक्त गरेको छ।