Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

५० प्रतिशत हकप्रद पारित गर्न देवःले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

२०७३ पुष ८ गते
सेयर:

देवः विकास बैंकले आफ्नो १० औँ वार्षिक साधारणसभा पुस २९ गते गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले १८ गतेदेखि २९ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । 

देवः विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैंकले ४४ लाख पाँच हजार चार सय ४० दशमलव ३९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि बैंकले पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । २९ गते हुने साधारणसभाले उक्त हकप्रद सेयर पारित गर्नेछ । जसपश्चात्, हकप्रद सेयर निष्काशन गरिनेछ । बैंकले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाल देवः विकास बैंकको चुक्ता पुँजी ८१ करोड ८० लाख रहेको छ । ५० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी एक अर्ब २२ करोड रुपैयाँ पुग्नेछ ।