Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बजेटमा लघुवित्तः के–के समेटिए

२०८२ जेष्ठ १६ गते
सेयर:

बैंकिङ खबर/ उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले लघुवित्तका ऋणीहरुलाई आगामी आर्थिक वर्षको बजेटमा सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले लघुवित्त संस्थाहरूको संस्थागत तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गरिने बताए ।

साथै उनले समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिने बताए ।