जनरल फाइनान्स लिमिटेड समस्याग्रस्त संस्थाको सूचीबाट हटेको छ । नाजुक वित्तीय अवस्थाका कारण ३ वर्षअघि समस्याग्रस्त घोषित भएको जनरल फाइनान्सलाई राष्ट्र बैंकले वित्तीय अवस्थामा सुधार आएको भन्दै समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको हो । ०७० देखि फाइनान्सले निक्षेप परिचालन र कर्जा लगानी गर्न पाएको थिएन ।
अब यो संस्थालाई नयाँ समूहले सञ्चालन गर्ने भएको छ । फाइनान्सले विहीबार (पुस ७ गते) देखि औपचारिक रूपमा पुनः वित्तीय कारोबार सुरु गरेको छ ।
सञ्चालक र व्यवस्थापनले अनियमितता गरेको र संस्थागत सुशासन विपरित काम भएको भन्दै राष्ट्र बैंकले जनरललगायत ११ वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरी वित्तीय कारोबारमा रोक लगाएको थियो ।