Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लामो समयपछि राष्ट्र बैंकले पायो गभर्नर, १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त

२०८२ जेष्ठ ६ गते

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्ति भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको हो । राष्ट्र बैंकले लामो समयको ग्यापमा नयाँ गभर्नर पाएको हो । गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । चैत २३ गते महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।

यसअघि गभर्नर सिफारीस समितिले कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारीस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच विहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति भएको थियो ।