Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गभर्नर नियुक्ति हुन नसकिरहेका बेला देउवाले बोलाए पदाधिकारी बैठक

२०८२ बैशाख २४ गते

बैंकिङ खबर/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। शुक्रबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । गभर्नर नियुक्ति लगायतका विषयमा सरकारले निर्णय लिन नसकिरहेका बेला कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।

गभर्नर कांग्रेसको भागमा परेपनि अझै नियुक्त हुन सकेको छैन । १८ गभर्नरका लागि कांग्रेसले डा.गुणाकर भट्टको नाम दिइसकेको छ । तर राष्ट्र बैंकबाट उनको राजीनामा स्वीकृत हुन सकेको छैन ।