
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक गभर्नर सिफारिस समितिको सोमबारको बैठक पनि स्थगित भएको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद उत्पन्न हुँदा गर्भनर नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बैठक बस्न नसकेको हो । सोमबारका लागि तय भएको स्थगित भएको छ । यसअघि आइतबार पनि सिफारिस समितिको बैठक स्थगित भएको थियो ।
सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समितिबाट बाहिरिएका थिए । उनको स्थानमा महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको छ ।
सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ । चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ ।


