
रवीन्द्र भट्टराई
निवृत्तिभरण रकम भुक्तानीसम्बन्धी कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत) को विनियम ११७ निवृत्तिभरण, विनियम ११८ पारिवारिक निवृत्तिभरण, विनियम ११९ अशक्त वृत्ति, विनियम १२० असाधारण पारिवारिक वृत्ति र विनियम १२१ शैक्षिक तथा सन्तति वृत्तिको प्रयोजनका लागि सोही विनियमावलीको विनियम १७६ ले दिएको अधिकार प्रयोग गरी यस बैंकको व्यवस्थापन समितिको मिति २०७९-०१-०५ गतेको निर्णयबाट“नेपाल राष्ट्र बैंक, निवृत्तिभरण भुक्तानीसम्बन्धी कार्यविधि, २०७९” कार्यान्वयनमा रहेको छ ।
सो कार्यविधिमा ६ वटा परिच्छेद र अनुसूची ७ वटा रहेका छन्। परिच्छेद १ मा प्रारम्भिकः सङ्क्षिप्त नाम र प्रारम्भ, परिभाषा, परिच्छेद २ मा अवकाशपश्चात्को अन्तिम हिसाब गणना प्रक्रिया, कर्मचारी सण्ड्री हिसाब, कर धरौटी र कर दाखिला, परिच्छेद ३ मा निवृत्तिभरण अभिलेख र भुक्तानी सम्बन्धी प्रक्रियाः निवृत्तभरण पट्टा जारी गर्नुपर्ने, एकमुष्ट वा मासिक निवृत्तिभरण, मासिक निवृित्तभरण भुक्तानी, परिच्छेद ४ मा निवृत्तिभरण भुक्तानी माध्यमः निवृत्तिभरण रकम बैंक खातामार्फत भुक्तानी, निवृित्तभरण भुक्तानी सुचारुसम्बन्धी व्यवस्था, परिच्छेद ५ मा पारिवारिक निवृत्तिभरण-पारिवारिक निवृित्तभरणसम्बन्धी व्यवस्था, पारिवारिक निवृत्तिभरण रकमसम्बन्धी व्यवस्था, परिच्छेद ६ मा विविधः अशक्त वृत्ति, असाधारण पारिवारिक वृत्ति र शैक्षिक तथा सन्तति वृत्ति, निवृत्तिभरण खाता बन्द गर्ने सम्बन्धी व्यवस्था, बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने, बेपत्ता भएको कर्मचारीको उपदान र निवृत्तिभरण, शारीरिक अस्वस्थ्यतासम्बन्धी व्यवस्था, निवृत्तिभरण पट्टा नयाँ बनाउने सम्बन्धी व्यवस्था बैंक खाता परिवर्तनसम्बन्धी व्यवस्था, निवृत्तिभरण रकम रोक्का राख्ने, असुल उपर गरिने, औषधी उपचार र दाहसंस्कार खर्च, बाधा अड्काउ फुकाउने अधिकार एवम् खारेजी र बचाऊ रहेको छ भनेअनुसूची १ मा निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिले पेस गर्ने निवेदनको ढाँचा अनुसूची २ मा बैंक खाता विवरण अनुसूची ३ मा निवृत्तिभरण पट्टा बनाउने समयमा पेस गर्ने फोटोसहितको पारिवारिक विवरण अनुसूची ४ मा पारिवारिक निवृत्तिभरणको लागि हकवालाले पेस गर्ने निवेदन ढाँचा अनुसूची ५ मा प्रत्येक वर्षको पुस र असारमा निवृत्त कर्मचारीले गरेको सनाखत विवरण अनुसूची ६ मा निवृत्तिभरण हिसाब खाता बन्द गर्ने निवेदन ढाँचा र अनुसूची ७ मा बैंक खाताबाट निवृत्तिभरण रकम फिर्ता गर्ने पत्रको ढाँचा रहेको छ ।
मानव संशाधन व्यवस्थापन विभागको पत्र बमोजिम निवृत्तिभरण पाउन योग्य कर्मचारीले अवकाश भएपछि निवृित्तभरण रकम प्राप्त गर्न वित्त व्यवस्थापन विभागमा “नेपाल राष्ट्र बैंक, निवृत्तिभरण भुक्तानी सम्बन्धी कार्यविधि, २०७९” अनुसार अनुसूची १, २ र ३ बमोजिमको निवेदन पेस गर्नुपर्नेछ भने वित्त व्यवस्थापन विभागले निवृित्तभरण रकम भुक्तानी गर्नुपूर्व निवृत्तिभरण पट्टा जारी गर्नुपर्ने र निवृत्तिभरण पट्टाका अभिलेखहरू मानव संसाधन व्यवस्थापन विभागको पत्रबमोजिम निवृत्तिभरण रकम प्राप्त गर्ने कर्मचारी तथा निजको हकवालाको विवरण, फोटो तथा हस्ताक्षर राख्नुपर्ने व्यवस्था सो कार्यविधिमा रहेको छ ।
सनाखतको लागि कार्यविधिमा रहेको व्यवस्थाः
(१) निवृत्तिभरण रकम प्राप्त गर्ने कर्मचारी वा पारिवारिक निवृत्तिभरण प्राप्त गर्ने हकवालाले हरेक वर्षमा ६ (छ) महिनाको अन्तरमा पुस महिना र असार महिनामा यस बैंककोबैंकिङ विभाग वा प्रदेशस्थित कार्यालयहरूमा स्वयम् उपस्थित भई वा कर्मचारीमार्फत अनुसूची ५ बमोजिमको फाराममा सनाखत गरी अनिवार्य उपस्थिति जनाउनुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको समयमा उपस्थित नहुने निवृित्तभरण पट्टाधारकहरूको बैंक खातामा निवृत्तिभरण रकम भुक्तानी गरिने छैन । मासिक निवृत्तिभरण निजहरूले उपस्थिति जनाएपश्चात् मात्र सूचारु गरिनेछ । साथै, काबुबाहिरको परिस्थितिमा अभिलेख रहने गरी भर्चुअल माध्यमबाट भएको उपस्थितिलाई समेत मान्यता प्रदान गर्न सकिनेछ ।
(३) बैंकका कर्मचारीले निवृत्तिभरण पट्टा लिई आउने व्यक्ति र निवृित्तभरण पट्टामा भएको विवरण यकिन गरी निवृत्त कर्मचारीको निवृत्तिभरण अधिकारपत्रमा आफ्नो दस्तखत र बैंकको छाप लगाउनुपर्नेछ ।
(४) उपदफा (१) बमोजिम प्राप्त हुन आएको फारामहरू रुजु गरी बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूले फारामहरूको अभिलेख कार्यालयमा सुरक्षित राखी फाराम पेस गर्नेहरूको विवरण तयार गरी सोही महिनाको २० गते भित्र यस विभागमा पठाउनुपर्नेछ । कार्यविधि बमोजिम निवृत्तिभरण प्राप्त गर्नेहरूको सनाखतमा रहेका समस्या-चुनौती
१) असुविधाः विशेष गरी उमेर बढ्दै जाँदा र स्वास्थ्यको समस्या भएका निवृत्तिभरण प्राप्त गर्नेहरूलाई भौतिक रूपमा आफै उपस्थित भएर तोकिएको स्थानमा यात्रा गर्न गाह्रो र समय लाग्ने हुनसक्छ ।
२) महँगोः भौतिक प्रमाणीकरण गर्ने कार्यको लागि निवृत्तिभरण प्राप्त गर्नेहरू र नेपाल राष्ट्र बैंक दुबैका लागि महँगो पर्न जान्छ किनकि यसको लागि यात्रामा खर्च हुने, थप जनशक्ति परिचालन गर्नुपर्ने र लजिस्टिकमा खर्च हुने गर्दछ ।
३) ढिलो र झन्झटिलोः यो प्रक्रियाअनुसार सनाखत गर्ने कार्य प्रविधि मैत्री हुँदैन जसले एकातिर काम ढिलो हुन्छ भने अर्कोतिर उमेर बढ्दै गएका निवृत्तिभरकहरूको पट्टामा भएको फोटो र भौतिक मुहारमा धेरै भिन्नता हुने र कतिपय निवृत्तिभरकहरूले स्वास्थ्यको समस्याको कारणले पेन्सन पट्टामा रहेको जस्तो हस्ताक्षर गर्न सक्दैनन् जसले गर्दा प्रमाणीकरणमा चुनौती थपिने गर्छ ।
४) झुक्याउनेवा ठगीको सम्भावनाः कागजातहरू हेरफेर वा नक्कली कागजात पेस गरेर झुक्याउने सम्भावना रहन्छ । जसले गर्दा ठगीको सम्भावना रहन्छ ।
५) पहुँचको कमीः सनाखतको लागि तोकिएको स्थानभन्दा टाढा रहने वा बस्ने र स्वास्थ्य स्थिति नाजुक भएकाहरूलाई तोकिएको स्थानमा गएर
भौतिक रूपमा सनाखत गर्न धेरै समस्या हुन्छ ।
६) स्वास्थ्य जोखिमः विशेषगरी महामारी वा प्रकोपको समयमा आमुने सामुने हुने भएर भौतिक प्रमाणीकरण वा सनाखत गर्दा रोग सर्ने सम्भावना उच्च हुन्छ ।
उल्लिखित समस्या, चुनौती र असुविधाहरू
भौतिक प्रमाणीकरण वा आफै उपस्थित भएर गरिने सनाखतमा निहित रहने भएकोले यस कार्यलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन डिजिटल प्रमाणीकरणको आवश्यकता पर्न जान्छ । यसको लागि मोबाइल एपमार्फत गरिने सनाखत प्रक्रिया उत्तम विकल्पको रूपमा आउँछ ।
अहिलेको समयमा अधिकांश व्यक्तिहरूसँग स्मार्टफोन हुने र इन्टरनेटको सुविधा हुने भएकोले आफू बसेको घर वा ठाउँबाट सम्बन्धित मोबाइल एप डाउनलोड गरेर उक्त एपमार्फत यस्तो कार्य गर्न सक्छन्।
पेन्सनर मोवाइल एपको सञ्चालन र यसमा रहने सुरक्षित व्यवस्थाः
भौतिक प्रमाणीकरणमा रहेका कमीकमजोरीहरू सुधार गर्दै सनाखत कार्यलाई अगाडि बढाउन डिजिटल प्रमाणीकरणको आवश्यकता पर्दछ र डिजिटल प्रमाणीकरणको उत्तम विकल्पको रूपमा मोबाइल एप हुन सक्दछ । पेन्सनर मोवाइल एपलाई निम्नानुसार सुरक्षित ढङ्गले सञ्चालन
गर्न सकिन्छ ।
१) दर्ता प्रक्रियाः पेन्सनरहरूको पृथक रूपमा हुने कर्मचारी सङ्केत नम्बर, पट्टा नम्बर, मोबाइल नम्बर एपको लगइनमा राखेर रिक्वेस्ट पठाउन सक्छन्। तत्पश्चात् मोबाइल नम्बरमा सेवा प्रदायक संस्थाका सिस्टमबाट ओटिपी पठाउन सकिन्छ । र उक्त ओटिपी राखेर दर्ता प्रक्रियालाई
पूरा गर्न सकिन्छ ।
२) जैविक (बायोमेट्रिक) प्रमाणीकरणः पेन्सनरहरूले आफ्नो अनुहार, रेटिना स्क्यान वा औला छापमध्ये एक राखेर डिजिटल प्रमाणीकरण वा सनाखत गर्न सक्छन्। जसका लागि पेन्सनरहरूको यस्ता पृथक जैविक प्रमाणहरू डाटाबेसमा पहिले नै सुरक्षित रूपले राखेको हुन्छ । बायोमेट्रिक प्रमाणीकरण एउटा सुरक्षा प्रक्रिया हो जसले व्यक्तिको पहिचानलाई तिनीहरूको अद्वितीय (पृथक) जैविक विशेषताहरू प्रयोग गरेर प्रमाणित गर्दछ । यी विशेषताहरू औंलाको छाप र अनुहारका विशेषताहरूदेखि लिएर आइरिस स्क्यान र आवाजको ढाँचासम्म जे पनि हुन सक्छन्।
यसले निम्नानुसार कार्य गर्दछ ।
१) क्याप्चरः बायोमेट्रिक स्क्यानरले व्यक्तिको विशेषताको छवि वा रेकर्डिङ क्याप्चर गर्दछ । यो औंलाको छापको लागि औंलाको छाप स्क्यानर, अनुहार पहिचानको लागि क्यामेरा, वा आवाज पहिचानको लागि माइक्रोफोन हुन सक्छ ।
२) भण्डारणः क्याप्चर गरिएको डेटालाई डिजिटल प्रतिनिधित्वमा रूपान्तरण गरिन्छ र सुरक्षित रूपमा डेटाबेसमा भण्डारण गरिन्छ ।
३) तुलनाः जब व्यक्तिले प्रणाली वा स्थानमा पहुँच गर्ने प्रयास गर्दछ, तिनीहरूको बायोमेट्रिक विशेषता फेरि स्क्यान गरिन्छ । त्यसपछि प्रणालीले यो नयाँ स्क्यानलाई भण्डारण गरिएको डेटासँग तुलना गर्दछ।
४) प्रमाणीकरणः यदि दुई डेटासेटहरू मिल्छन् भने, व्यक्तिको पहिचान प्रमाणित हुन्छ, र तिनीहरूलाई पहुँच प्रदान गरिन्छ । बायोमेट्रिक प्रमाणीकरण यसको बढ्दो सुरक्षा र सुविधाको कारणले गर्दा बढ्दो सामान्य हुँदै गइरहेको छ । हामीहरू मध्ये धेरैले आफ्नो स्मार्टफोनलाई आफ्नो औंलाको छाप वा अनुहारले अनलक गर्न दैनिक रूपमा प्रयोग गरिरहेका छौं ।
प्रचलनमा रहेका केही पेन्सनर मोवाइल एपहरूः
पेन्सन भुक्तानी र सनाखत कार्यलाई थप व्यवस्थित र सरल बनाउनको लागि विश्वमा धेरै मोबाइल एपहरूको विकास भएको देखिन्छ । छिमेकी देश भारतमा प्रयोगमा आएका केही एपहरू यसप्रकार छन्।
१) Dirghayu केन्द्रीय पेन्सन लेखा कार्यालयद्वारा विकसित एपले भारतीय निवृत्तिभरकहरूलाई पेन्सन विवरणहरू हेर्न कागजातहरू डाउनलोड गर्न पेन्सन भुक्तानी इतिहास हेर्न लगायत थप कुराहरू गर्न अनुमति दिन्छ ।
२) Pension Seva: स्टेट बैंक अफ इन्डियाबाट प्रस्तावित यो एपले निवृत्तिभरकहरूलाई पेन्सन स्लिपहरू, पेन्सन ट्रान्जेक्सनहरू हेर्नको लागि सहयोग गर्दछ ।
३) Smart Pension: यो एपले पेन्सन बचतको बारेमा जानकारी प्रदान गर्दछ । जसमा हालको मूल्य र सम्भावित भविष्यको मूल्य समावेश छ । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको जानकारी अपडेट गर्न र उनीहरूको पेन्सन खाता व्यवस्थापन गर्न अनुमति दिन्छ ।
यी केही उदाहरणहरू मात्र हुन् र पेन्सन सम्बन्धित मोबाइल एपहरूको उपलब्धता र सुविधाहरू देश, पेन्सन प्रदायक र पेन्सनरहरूको विशिष्ट
आवश्यकतानुसार फरक हुन सक्छन्।
पेन्सन मोबाइल एपका सुरक्षित विशेषता/सुविधाहरूः
१) पेन्सन विवरणमा पहुँचः आधारभूत पेन्सन रकम, पेन्सन वृद्धि रकम, भुक्तानी इतिहास र अन्य सान्दर्भिक जानकारी प्राप्त गर्ने सुविधा एपमा रहेको हुन्छ ।
२) डाउनलोड गर्न मिल्ने कागजातहरूः पेन्सन स्लिपहरू, पेन्सन ट्रान्जेक्सनहरू र अपडेटका लागि पठाइएको अन्य महŒवपूर्ण कागजातहरू डाउनलोड गर्ने सुविधा एपमा रहेको हुन्छ ।
३) अपलोड गर्ने सुविधाः आफूले पेस गर्नुपर्ने कागजातहरू सजिलै अपलोड गर्न सक्ने व्यवस्था गरिएको हुन्छ । जस्तै खाता विवरण, चेकको फोटो, अनुसूची, आफ्नो फोटो आदि ।
४) गुनासो निवारणः प्रश्न गर्ने सुविधा र जानकारी प्राप्त गर्ने सुविधाहरू ।
५) सूचना र अलर्टहरूः पेन्सन भुक्तानीलगायत महत्वपूर्ण जानकारी एवम् सूचनाहरू प्राप्त गर्ने सुविधा एपमा रहेको हुन्छ ।
६) सम्पर्क जानकारीः निवृत्तिभरणहरूको सजिलोको लागि जिज्ञासाहरू समाधान गर्न सम्पर्क व्यक्ति, सम्पर्क नम्बरहरूको व्यवस्था गरेको हुन्छ ।
७) भाषामा सहजता-पहुँचः आवश्यकताअनुसार पेन्सनरहरूको लागि अङ्ग्रेजी बाहेक स्थानीय भाषा र दृश्य कमजोर भएकाहरूका लागि अक्षरहरू जुम गर्न सकिने सुविधा प्रदान गरिएको हुन्छ ।
८) पढ्ने मात्र सुविधाः पेन्सन मोबाइल एपमा भएका सूचना जानकारीहरू पेन्सनरहरूले पढ्न मात्र सक्ने गरी बनाइएको हुन्छ । अर्थात् पेन्सनरहरूले यस्ता विवरणहरूलाई चलाउन/मेट्न वा बिगार्न नसक्ने गरी बनाइएको हुन्छ ।
९) यिनष्ल बन्द गर्न सक्ने सुविधाः असम्बन्धित व्यक्तिले लगइन ह्यान्डल गरेमा, पेन्सनहरूको मृत्यु भएको जानकारी प्राप्त भएमा वा अन्य मनासिव आधारमा सेवाप्रदायकले उक्त एभलकष्यलभच ब्उउ यिनष्ल एवम् पेन्सन खाता बन्द गर्न सक्ने व्यवस्था गरेको हुन्छ ।
पेन्सन मोबाइल एपका फाइदाहरूः
पेन्सनर मोबाइल एपका फाइदाहरू यस प्रकार छन्ः
१) सुविधाः अहिलेको समयमा अधिकांश निवृत्तिभरकहरूसँग स्मार्ट फोन हुने र इन्टरनेटमा पहुँच हुने भएकोले यस प्रक्रियामार्फत निवृत्तिभरकहरूले जहाँसुकै ठाउँमा रहेर जहिले पनि सजिलै सनाखतको काम गर्न सक्छन्।
२) पहुँचः यस्तो एपहरू निवृत्तिभरकहरूको लागि सरल ढङ्गले बुझ्ने गरी सजिलैसँग प्रयोग गर्न मिल्ने गरी डिजाइन गरेको हुन्छ । जसले गर्दा निवृत्तिभरकहरूको पहुँचमा सहजता हुन्छ ।
३) सरल र सहजः निवृत्तिभरकहरूले आफ्नो पेन्सनको स्थिति जाँच गर्न, व्यक्तिगत जानकारी अपडेट गर्न अनुरोधहरू पेस गर्ने जस्ता कार्यहरू सरल र सहज रूपमा गर्न सक्छन्।
४) पारदर्शिताः एपहरूले निवृत्तिभरकहरूलाई पेन्सन कारोबार विवरण अन्य सान्दर्भिक जानकारीहरू समय समयमा अद्यावधिक गरी प्रदान गर्न सक्छन्।
५) सुरक्षाः सुरक्षित लगइन सुविधाले र डेटा एन्क्रिप्शनमार्फत् निवृत्तिभरकहरूको महत्वपूर्ण सूचना एवम् संवेदनशील जानकारीहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ ।
६) सञ्चारः एपहरूले निवृत्तिभरकहरूलाई आफ्नो समस्याहरूको बारेमा प्रश्न गर्न र जानकारी प्राप्त गर्न सजिलो बनाउँछ । साथै, सेवा प्रदायकबाट नोटिफिकेशन मार्फत महत्वपूर्ण सूचनाहरू समेत प्राप्त गर्न सक्छन्।
७) स्वास्थ्य उपचारः एपहरूले निवृत्तिभरकहरूको स्वास्थ्य उपचारसम्बन्धी विविध जानकारीहरू उपलब्ध गराउन सक्छन्, जसले निवृत्तिभरकहरूको स्वास्थ्यसम्बन्धी जिज्ञासालाई हल गर्दछ ।
हाल नेपाल राष्ट्र बैंकमा करिब २८ सय हाराहारीमा निवृत्तिभरकहरू छन्। ६ महिनाको अन्तर असार र पुसमा सनाखतको लागि तोकिएको स्थानमा गर्नको लागि निवृत्तिभरकहरू टाढा टाढाबाट समेत आउनुपर्ने हुँदा निवृत्तिभरकहरूको यात्रामा समय र खर्च लाग्ने हन्छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकले यस कार्यको लागि थप जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ, लजिस्टिकमा समेत खर्च बढ्ने गर्दछ र यो काम निवृत्तिभरकहरूको बढ्दो सङ्ख्याको कारण ढिलोसमेत हुन्छ ।
यस कार्यको लागि निवृत्तिभरकहरूले पालो कुर्नुपर्ने हुन्छ । विशेष गरी उमेर बढ्दै जाँदा र स्वास्थ्य स्थिति नाजुक भएका निवृत्तिभरण प्राप्त गर्नेहरूलाई भौतिक रूपमा आफै उपस्थित भएर तोकिएको स्थानमा यात्रा गर्न धेरै गाह्रो हुनसक्छ । उमेर बढ्दै गएका निवृत्तिभरकहरूको पट्टामा भएको फोटो र निवृत्तिभरकहरूको भौतिक मुहारमा धेरै भिन्नता हुने र कतिपय निवृत्तिभरकहरूले स्वास्थ्य समस्याको कारणले पेन्सन पट्टामा रहेको जस्तो हस्ताक्षर गर्न सक्दैनन् जसले गर्दा प्रमाणीकरणमा चुनौती थपिने गर्छ । कागजातहरू हेरफेर वा नक्कली पेस गरेर झुक्याउने सम्भावना रहन्छ । जसले गर्दा भौतिक सनाखत प्रक्रियामा ठगीको सम्भावना रहन्छ ।
विशेषगरी महामारी वा प्रकोपको समयमा भेला भएर आमनेसामने भएर भौतिक प्रमाणीकरण वा सनाखत गर्दा रोग सर्ने सम्भावना उच्च भई स्वास्थ्य जोखिम बढाउँछ । उल्लिखित समस्या, चुनौती र असुविधाहरू भौतिक प्रमाणीकरण वा आफै उपस्थित भएर गरिने सनाखतमा निहित रहने भएकोले यस कार्यलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन डिजिटल प्रमाणीकरणको आवश्यकता पर्न जान्छ । यसको लागि मोबाइल एपमार्फत गरिने सनाखत प्रक्रिया उत्तम विकल्पको रूपमा आउँछ ।
अहिलेको समयमा अधिकांश व्यक्तिहरूसँग स्मार्टफोन हुने र इन्टरनेटको सुविधा हुने भएकोले आफू बसेको घर वा ठाउँबाट सम्बन्धित पेन्सन मोबाइल एप डाउनलोड गरेर उक्त एपमार्फत यस्तो कार्य गर्न सक्छन्। पेन्सन मोबाइल एपहरूमा सनाखत प्रक्रियाको लागि बायोमेट्रिक प्रमाणीकरणको व्यवस्था गरिएको हुन्छ ।
बायोमेट्रिक प्रमाणीकरण यसको बढ्दो सुरक्षा र सुविधाको कारणले गर्दा सामान्य हुँदै गइरहेको छ । हामीहरूमध्ये धेरैले आफ्नो स्मार्टफोनलाई आफ्नो औंलाको छाप वा अनुहारले अनलक गर्न दैनिक रूपमा प्रयोग गरिरहेका छौं । त्यसैले नेपाल राष्ट्र बैंक पेन्सन कार्यविधिमा रहेका सम्पूर्ण व्यवस्थाहरूलाई समेटी स्वयम् उपस्थित भई गरिने भौतिक प्रमाणीकरणमा अर्थात् सनाखतमा रहेका समस्या, चुनौतीहरूको निराकरण गर्न पेन्सनर मोबाइल एपको डिजाइन-विकास गरी लागु गर्न सकिन्छ ।
अन्य देशमा यस्ता एपहरू कार्यान्वयनमा आई सफलसमेत भएका छन्। पेन्सनर मोबाइल एपबाट मासिक रूपमा समेत पेन्सनरहरूको सनाखत गर्न सकिन्छ जसले गर्दा पेन्सनरको मृत्यु भई समयमा नै जानकारी नभए पनि मासिक सनाखतको आधारमा पेन्सन भुक्तानी गर्ने हो भने अधिक पेन्सन भुक्तानी हुन जाँदैन भने गएको खण्डमा समेत थोरै मात्र बढी भुक्तानी हुने भएकोले सजिलै असुल गर्न सकिन्छ । पेन्सन मोबाइल एपमा भएका सूचना/जानकारीहरू पेन्सनरहरूले पढ्न मात्र सक्ने गरी बनाइएको हुन्छ ।
अर्थात् पेन्सनरहरूले यस्ता विवरणहरूलाई चलाउन-मेट्न वा बिगार्न नसक्ने गरी बनाइएको हुन्छ । असम्बन्धित व्यक्तिले लगइन ह्यान्डल गरेमा, पेन्सनरको मृत्यु भएको जानकारी प्राप्त भएमा वा अन्य मनासिव आधारमा सेवाप्रदायकले उक्त Pensioner App बाट हुने login एवम् पेन्सन खाता बन्द गर्न सक्ने व्यवस्था गरेको हुन्छ ।
आवश्यकतानुसार यस्तो एपमा पेन्सनरहरूको लागि अङ्ग्रेजीबाहेक नेपाली भाषा र दृश्य कमजोर भएकाहरूका लागि अक्षरहरू जुम गर्न सकिने सुविधा प्रदान गर्न सकिन्छ । एपमा हुने सुरक्षित लगइन सुविधाले र डेटा एन्क्रिप्शनमार्फत निवृत्तिभरकहरूको महत्वपूर्ण सूचना एवम् संवेदनशील जानकारीहरूलाई सुरक्षित राख्न मद्दत गर्दछ । आधारभूत पेन्सन रकम, पेन्सन वृद्धि रकम, भुक्तानी इतिहास र अन्य सान्दर्भिक जानकारी प्राप्त गर्ने सुविधा एपमा रहेको हुन्छ ।
अपडेटका लागि पठाइएको महत्वपूर्ण कागजातहरू डाउनलोड गर्ने सुविधा एपमा रहेको हुन्छ । आफूले पेस गर्नुपर्ने कागजातहरू, जस्तैः खाता विवरण, चेकको फोटो, अनुसूची, आफ्नो फोटो आदि सजिलै अपलोड गर्न सक्ने व्यवस्थासमेत गरिएको हुन्छ ।
प्रश्न गर्ने सुविधा र जानकारी प्राप्त गर्ने सुविधाहरू एवम् पेन्सन भुक्तानीलगायत महत्वपूर्ण जानकारी एवम् सूचनाहरू प्राप्त गर्ने सुविधा एपमा रहेको हुन्छ । विशेष स्वास्थ्य समस्याका कारण मोबाइल एपबाट सनाखत गर्न नसकिनेहरूको हकमा स्थानीय तहबाट निज हिडडुल गर्न नसकेको व्यहोरा प्रमाणित गरिएको सिफारिस पत्र वा जटिल प्रकृतिको बिरामी (जस्तैः भेन्टिलेटरमा रहेका बिरामी) को हकमा डाक्टरको पे्रसव्रिmप्सनसहित निजले तोकेको व्यक्तिको नेपाल सरकारले प्रदान गरेको निजको परिचय खुल्ने परिचयपत्रको प्रतिलिपि तथा सम्पर्क नम्बरको अधारमा रजिष्टरमा Mannual उपस्थिति जनाइ System मा प्रविष्टि गरी सनाखत गर्न सकिन्छ । हाल वित्त व्यवस्थापन विभागमा प्राप्त हुने जानकारीलाई आधार मान्दा यस्ता निवृत्तिभरकको सङ्ख्या कूल निवृत्तिभरकहरूको सङ्ख्यासँग तुलना गर्दा ज्यादै न्यून रहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंक समाचार ७० औं वार्षिकोत्सव विशेषाङ्कबाट