बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उदेश्यले शाखा प्रबन्धक स्तरीय गोष्ठी सम्पन्न गरेको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाका संचालक समितिका अध्यक्ष कल्याण बिक्रम पाण्डेले वर्तमान अवस्था र चुनौती सम्बद्धमा आवश्यक निर्देशन दिँदै मन, बचन र कर्मबाट योगदान गर्न कर्मचारीहरुलाई प्रेरित गरे ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले अर्थतन्त्रमा देखिएको प्रतिकूल परिस्थितिलाई सहजै ग्रहण गर्न यस गोष्ठीले प्रबन्धकहरु सक्षम भइ बजारमा आफुलाई स्थापित गर्न सक्नु पर्नेमा जोड दिए। उक्त तालिममा युवापुस्ताका मोटिभेटर तथा पूर्व बैंकर अनिल केसरी शाह, लघुबित्त बिज्ञ नुमनाथ पौडेल र अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्टले सहजीकरण गरेका थिए ।

पोखरामा आयोजित दुई दिने बृहत कार्यक्रममा हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्मका एक सय ४९ शाखा कार्यालयका शाखा प्रबन्धकहरु, प्रदेश कार्यालयका प्रमुख, १९ वटा अनुगमन कार्यालयका प्रमुख तथा केन्द्रीय कार्यालयका विभिन्न विभागका प्रमुखसहित करिब दुई सय जनाको सहभागिता रहेको थियो।