२०७३ पुष ३ गते

हकप्रद पारित गर्न मञ्जुश्री फाइनान्सले डाक्यो साधारणसभा, ९ गते बुक क्लोज

manjushreeमञ्जुरी फाइनान्स लिमिटेडले १७५ प्रतिशत अर्थात एक बराब एक दशमलव ७५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । यसका लागि फाइनान्सले धितोपत्र बोर्डको अनुमति पाइसकेको छ । कम्पनीले ४३ लाख ८६ हजार तीन सय ७५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । 

उक्त हकप्रद सेयर पारित गर्न फाइनान्सले आफ्नो ९औँ वार्षिक साधारणसभा पुस २९ गते बस्ने भएको छ । हकप्रद तथा साधारणसभा प्रयोजनका लागि मञ्जुश्रीले पुस ९ गतेदेखि २९ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । फाइनान्सको गत शुक्रबार (पुस १ गते) बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

सेयर निष्काशन तथा विक्री प्रबन्धकमा कम्पनीले एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल फाइनान्सको चुक्तापुँजी २५ करोड रुपैंया रहेको छ । यसबाहेक फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पनि अघि सारेको छ । हकप्रद निष्काशन तथा प्रस्तावित बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पुँजी ६८ करोड ९२ लाख रुपैयाँ नाघ्नेछ ।