April 14th, 2025

बैंकहरुको नयाँ ब्याजदर आजदेखि लागु, कुनको कति ?

बैंकिङ खबर/वाणिज्य बैंकहरुले आज अर्थात् २०८२ वैशाख १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर यथावत राखेका छन् । तीन वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेप तर्फको अधिकतम ब्याजदर भने घटाएका छन् । १६ वटा बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

हिमालयन र नेपाल एसबिआई बैंकको ५.५ प्रतिशत, कृषि विकास बैंकको ५.५१ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशनलको ५.६५ प्रतिशत, नबिल र लक्ष्मी सनराइज बैंकको ५.७५ प्रतिशत अधिकतम ब्याजदर रहेको छ।

त्यस्तै राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, सिद्धार्थ, माछापुच्छ्रे बैंकको समान ६ प्रतिशत, प्रभु बैंकको ६.१ प्रतिशत, स्ट्याण्र्डर्ड चार्टर्ड र प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत अधिकतम ब्याजदर रहेको छ।

यता नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ६.५ प्रतिशत, एनआईसी एशिया एनएमबि बैंकको ६.६ प्रतिशत अधिकतम ब्याजदर तोकेको छ। यी बैंकहरूले अघिल्लो महिनाकै ब्याजरदलाई निरन्तरता दिएका हुन्।

एभरेष्ट बैंकले वैशाख महिनाका लागि ब्याजरद बढाएर ६.६१ प्रतिशत कायम गरेको छ भने सानिमा, कुमारी र नेपाल बैंकले घटाएर क्रमशः ५.९५ प्रतिशत, ५.९२ प्रतिशत र ५.१५ प्रतिशत कायम गरेका छन्। संस्थागततर्फ ११ वटा बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने १ वटा बैंकले बढाउँदा ८ वटा बैंकले घटाएका छन्।

बैंक माघ फागुन चैत बैशाख
नबिल ५.७५ ५.७५ ५.७५ ५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ६.५ ६.५ ६.५
माछापुच्छ्रे ६.५ ६.५
हिमालयन ६.२५ ६.२५ ५.५० ५.५०
नेपाल एसबिआई ५.५ ५.५ ५.५ ५.५
एभरेष्ट ६.६१
एनआईसी एसिया ६.६ ६.६ ६.६ ६.६
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५ ६.२५ ६.२५
लक्ष्मी सनराइज ५.७५ ५.७५ ५.७५ ५.७५
कुमारी ६.०१ ६.०१ ६.०१ ५.९२
सिद्धार्थ
सानिमा ६.०५ ६.०५ ६.०५ ५.९५
एनएमबि ६.६ ६.६ ६.६ ६.६
प्रभु ६.१ ६.१ ६.१ ६.१
ग्लोबल आइएमई ५.७५
सिटिजन ५.६५ ५.६५ ५.६५ ५.६५
प्राइम कमर्सियल ६.२५ ६.२५ ६.२५ ६.२५
कृषि विकास ५.५१ ५.५१ ५.५१ ५.५१
नेपाल बैंक ५.६ ५.६ ५.५ ५.१५
राष्ट्रिय वाणिज्य बैंक