बैंकिङ खबर/ नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडकाे आयाेजनामा चितवनको कालिका-०६ खोलेसिमलमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
कालिकानगर ६ का वडाध्यक्ष टीकाराम रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय खोलेसिमलका सहायक प्रहरी निरीक्षक राम विनोद शाह, कालिका नगरपालिका वडा नं १ का वडा सदस्य लक्ष्मी परियार, कालिका नगरपालिका वडा नं २ का वडा सदस्य चन्द्र रेखा वि.क,नेरुडे मिर्मिरे लघुवित्तका बरादी कलष्टर प्रमुख रोहित कुमार ढुंगाना,खोलेसिमल शाखाका शाखा प्रवन्धक घनश्याम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता केन्द्र नं. ११ को केन्द्र प्रमुख सलमा लामा मरेटा रहेका थिए । कार्यक्रममा वित्तीय साक्षरताको परिचय, महत्व, उद्देश्य, आवश्यकता र औचित्य, बचत, ऋण र बैंकिङ नीति नियम, कर्जा सूचना र कालोसूची र यसबाट पर्ने असर, सामाजिक रुपमा वित्तीय संस्थाको भूमिका र अहिले वर्तमान अवस्थाको बारेमा चर्चा गरिएको थियो । उक्त कार्यक्रमको कार्यक्रम संचालक भरतपुर कलष्टर प्रमुख सरस्वती तिवारीले गरेकी थिइन् ।




