March 30th, 2025

नेरुडे मिर्मिरे लघुवित्त अत्तरियाकाे वित्तीय साक्षरता तथा गुनासो सुनाई सम्पन्न

बैंकिङ खबर/ नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालय अत्तरियाले केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता तथा गुनासो सुनाई कार्यक्रम अत्तरीयास्थित होटेल द फार बेल फुडल्याण्डको सभाहलमा सम्पन्न गरेको छ ।

कार्यक्रमको सभाध्यक्षता शाखा कार्यालय अत्तरियाद्वारा संचालित केन्द्र नं. १२५ की केन्द्र प्रमुख विस्ना जोशीले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा गोदावरी नगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट रहेका थिए । साथै कार्यक्रमको विशिष्ट अतिथि संस्थाका सुदुरपश्चिम प्रदेश प्रमुख विरेन्द्र कुमार झा रहेका थिए ।

अन्य अतिथिमाहरुमा गोदावरी नगरपालिका वडा नं.११ की दलित महिला वडा सदस्य दिपा दमाई,धनगढी उपमहानगरपालिका वडा नं. ११ की वडा सदस्य चित्रा चौधरी नेपाली,समाजसेवी सरला खड्का,जानकी माविका शिक्षक करन कामी,साथै सुदुरपश्चिम प्रदेश कार्यालयका कर्मचारी आयोग घिमिरे,बैलौरी शाखाका शाखा प्रमुख पुष्पराज कडायत,झिल शाखा प्रमुख लिला भट्ट र अत्तरिया शाखाका शाखा प्रमुख नरेश बोहरा र कर्मचारिहरु चन्दे राना,छविराज अवस्थी,कल्पना भाट, निल बुढा लगायत विभिन्न ७५ वटा केन्द्रका केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सन्चालन शाखाकी कर्मचारी कल्पना भाटले गरेकी थिइन भने स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा अत्तरिया शाखा प्रमुख नरेश बोहरा गरेका थिए । उक्त कार्यक्रम प्रमुख अतिथिले पानसमा बत्ति बाली उद्घाटन गरेका थिए। प्रमुख अतिथिले गाउघरमा गई विपन्न तथा पिछडीएका महिला दिदिबहिनीहरुलाई वित्तीय सहायता प्रदान गर्ने लघुवित्तबाट लिएको कर्जा अरु कसैको बचत भएकोले हल्लाको पछाडि नलागी समयमै लिएको ऋण भुक्तान गर्नुपर्ने र कर्जाको सही सदुपयोग गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख विरेन्द्र कुमार झाले केन्द्र प्रमुखको भुमिका,कर्जा सदुपयोग गर्दा हुने फाईदा र दुरुपयोग गर्दा हुने नोक्सानीबारे सचेत गराएका थिए भने संस्थाको अत्तरिया शाखाका प्रमुख नरेश बोहराले संस्थाको संक्षिप्त परिचय कर्जा,बचत,संस्थाको विद्यमान सेवासुविधा ग्राहक संरक्षण कोष र वित्तीय साक्षरता सम्बन्धी जानकारी गराएका थिए । 

कार्यक्रम सभाध्यक्ष विस्ना जोशीले लघुवित्त संस्थाले विपन्न वर्ग,भूमीहिन तथा न्युन आय भएका महिलाहरुलाई विनाधितो कर्जा उपलब्ध गराई साना व्यवसाय संचालनमा सहयोग पुर्याइरहेको उल्लेख गरिन् साथै वित्तीय शिक्षा प्रदान गरी सही तरिकाले कर्जा लिने तथा बचत गर्ने बानीको विकासमा संस्थाको महत्वपूर्ण योगदान रहेको बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।