२०८१ चैत्र १३ गते

नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त

बैंकिङ खबर/ नबिल बैंकको कायम मुकायम सीइओमा मनोज कुमार ज्ञवालीलाई नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवाली कामु सिइओको जिम्मेवारी दिइएको हो ।

बैंकको चैत १३ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सीइओ ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए।

बैंकले उक्त निर्णय स्वीकृत गर्दै बैंककै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई कामु सीइओको रूपमा जिम्मेवारी तोकेको कम्पनी सचिव विश्वप्रकाश पौडलले जानकारी दिएका छन्।
ढुंगाना यतिबेला नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरको दौडधुपमा छन् ।