Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

समता माइक्रोफाइनान्सको आईपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

२०७३ मंसिर ३० गते

samataसमता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ९४ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । यसका लागि संस्थाले नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरेको छ । बोर्डले समतालाई बुधबार (मंसिर २९ गते) आईपिओ निष्काशनका लागि अनुमति दिएको हो । तीन करोड १६ लाख रुपैयाँ चुक्तापुँजी भएको समताले ३० प्रतिशत सेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । सेयर निष्काशन तथा विक्री प्रबन्धकमा संस्थाले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।