बैंकिङ खबर/नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति अत्तरिया कैलालीको आयोजना तथा विभिन्न १२ वटा लघुवित्तहरुको सह आयोजनामा गोदावरी नगरपालिका– २ स्थित दुर्गा लक्ष्मी नमुना मा.वि मा ग्लोवल मनि विक २०२५ कार्यक्रम समापन गरेको छ ।
समितिका अध्यक्ष ,उपाध्यक्ष,सचिव, कोषाध्यक्ष र सदस्यहरु र कक्षा ११ मा अध्यन गर्ने करिब ५५ जना विद्यार्थीहरुलाई वित्तीय जानकारी गरिएको थियो । कार्यक्रममा वित्तीय कारोबार भनेको केहो ? कसरी गर्ने,कसरी हामीले वित्तीय योजनाहरु बनाएर अगाडि बढ्न सकिन्छ, कर्जा, बचत, लगानी, सदुपयोग र दुरुपयोग गर्दाको नाफा घाटाको बारेमा समेत उक्त कार्यक्रममा जानकारी गरिएको थियो।
अनौपचारिक कार्यक्रम रहेकोले अन्य कुराहरु भन्दा पनि अहिलेका युवा पुस्ता तथा विद्यार्थीमाझ सचेतना, वित्तीय जानकारी, के कसरी सक्षम बन्न सकिन्छ,लघुवित्तको अवस्था,नियमन निकाय, लघुवित्तले गर्ने कार्य साथै सामाजिक सचेतना सम्बन्धी सबै जनाको जिम्मेवारी लगायतका विषयमा समेत जानकारी गरिएको लघुवित्त समन्वय समिति सचिव तथा सुर्योदय वोमी लघुवित्तका शाखा प्रमुख दिपक महराले जानकारी दिए ।
हाल गोदावरी नगरपालिकाभित्र कार्यालय रहेर कार्य गरिरहेका करिब १९ वटा लघुवित्तहरुमध्येमा नेरुडे मिर्मिरे,नेशनल,निर्धन,आशा,महिला,युनिक नेपाल,स्वरोजगार,हिमालयन, इन्फिनिटी,एन एम बि,नाडेप र सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाहरु मात्र आवद्ध भएका थिए।




