बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.गण्डकी प्रदेश अन्तर्गत शाखा कार्यालय भानु र बन्दिपुरको संयुक्त आयोजनामा ग्लोबल मनि विक २०२५ को अवसरमा एक दिने वित्तीय साक्षरता कार्यक्रम तथा र्याली सम्पन्न भएको छ ।
कार्यक्रममा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. गण्डकी प्रदेशका प्रदेश प्रमुख अर्जुन कुमार पन्त, यसै गण्डकी प्रदेश अन्तर्गत भानु उपप्रदेश कार्यालयका अनुगमन अधिकृत प्रभात किरण पौडेल र मगरकोट उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवनराज भट्ट, भानु शाखाका शाखा प्रमुख विवेक पाण्डे, बन्दिपुर शाखाका शाखा प्रमुख विकास जैशी तथा दुवै शाखाका शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।