Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हकप्रद निष्काशन गर्दै सिन्धु विकास बैंक, मर्जरमा जान इच्छुक

२०८१ चैत्र १० गते

बैंकिङ खबर/ सिन्धु विकास बैंकले चुक्ता पुँजी बढाउन हकप्रद निष्काशन गर्ने भएको छ। बैंकको १४औँ र १५औँ साधारणसभा एकसाथ गर्दै १ अर्ब २० करोड रुपैयाँ पुुँजी थपका लागि हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गरेको हो।

बैंकले पहिलो चरणमा १ः१.१६ अनुपातमा सेयर निष्काशनको प्रस्ताव पारित गरेको छ। यस्तै बैंकले साधारणसभाबाट आफू मर्जरमा जाने विषय पनि प्रस्तुत गरेको थियो। साधारणसभाबाट गाभ्ने वा गाभिन सक्ने भन्ने प्रस्तावमा सहमति जुटेसँगै सोको अख्तियारी सञ्चालक समितिलाई दिएको हो।